लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए पदबाट राजीनामा
बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको पुष्टि गरे । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् । पोखरेलले आज दिउँसो प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका...





