April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

विना कारण उद्योगी-व्यवसायीलाई दुःख दिनुहुँदैन : गृहमन्त्री खाँण

भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसलाई आउने दिनमा सबल, सुदढ र जनताको सेवक बनाउनुपर्ने बताएका छन् । उनले आगामी दिनमा काँग्रेस थप प्रखरताकासाथ आफ्नो भूमिका निर्वाह गर्न सक्ने पार्टी बन्ने जनाए ।

Advertisement

काँग्रेस सिद्धार्थनगर नगर कमिटीद्वारा बुधबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै खाँणले रुपन्देहीमा काँग्रेसलाई थप जिम्मेवारी थपिएको समेत जनाए । उनले भने, ‘आउँदो स्थानीय तह निर्वाचनमा सिद्धार्थनगरका सबै वडा र नगर प्रमुख, उपप्रमुख काँग्रेसले जित्ने गरी काम गर्नुपर्छ । त्यसका लागि नेताकार्यकर्ता जनताको घरदैलोमा जानुपर्छ ।’

Advertisement

काँग्रेस केन्द्रिय सदस्यसमेत रहेका नेता खाँणले जनताको सुखद्ःखको साथी भए त्यो, आगामी निर्वाचनमा काँग्रेसको उम्मेदवारको रुपमा प्रस्तुत हुने बताए । ‘त्यस्तो नेतालाई टिकट दिने र जिताउने अभिभारा मेरो पनि रहनेछ’, उनले भने ।

मन्त्री खाँणले कुनै पनि उद्योगी व्यवसायीलाई विना कारण दुःख दिने काम गर्न नहुनेसमेत बताए । ‘सबै नागरिकको जिउधनको रक्षा गर्ने र यसको समुचित व्यवस्थापनका लागि गृहप्रशासन लागि परेको’, उनले भने, ‘बिना कारण कसैले दु:ख पाउनु हुँदैन ।’

मन्त्री खाँणले प्रहरी प्रशासनले विगतदेखि नै बलिदानीपूर्ण काम गरेको बताउँदै उनीहरुको सम्मान गर्नुपर्ने बताए । ‘महामारीका बेला खाईनखाई काम गरेका प्रहरीलाई उचित सम्मान हुनेछ’, उनले भने ।