November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

यसकारण रत्नम दानेदार मलले उत्पादन बढाउन मद्दत गर्छ (भिडिओ)

Advertisement

भैरहवा– रुपन्देहीस्थित ग्रोमोर फर्टिलाइजर प्रालिले आर्गानिक मल उत्पादन सुरु गरेपछि बर्सेनि रासायनिक मलको अभाव झेलिरहेका किसानले केही भए पनि राहत पाएका छन् । रोहिणी गाउँपालिका–४, कोटहवामा संचालित रत्नम दानेदार अर्गानिक मल उद्योग दुई वर्ष अघि संचालनमा आएको हो ।

Advertisement

उद्योग संचालनमा आएपछि मुलुकका पूर्वदेखि पश्चिमसम्मका किसानहरु खरिदारीका लागि आउने गरेका छन् । रासायनिक मलले माटोको उर्वराशक्ति ह्रास गरिरहेकाबेला यो मलले माटोको उर्वराशक्ति बढाउने दावी गरिएको छ । नेपालमा रासायनिक मल पर्याप्त नपाइने समस्या वर्षौंदेखि छ । मल नपाउँदा किसानहरु नेपाल–भारतका प्रहरीको लाठी खाएरै भए पनि भारतीय बजारबाट परीक्षण विनाको मल ल्याएर प्रयोग गर्छन्

यस्तो अवस्थामा माटो र मानिसकको स्वास्थ्य जोगाउन महत्वपूर्ण मानिएको रत्नम अर्गानिक दानेदार मलले धेरै किसानहरुलाई विस्तारै आकर्षित गरिरहेको छ । उद्योग संचालक सिद्धार्थ अग्रवाललको दावीलाई मान्ने हो भने यो मल ढुक्कले प्रयोग गर्दा हुन्छ । यदि उत्पादनमा ह्रास आए उद्योग जिम्मेवार बन्छ । यहाँ हामीले उद्योगको अवस्था, सरकारी नीति र सहयोग, रासायिनक मल र रत्नम दानेदार मल बीचको फरक लगायत विषयमा उद्योगी अग्रवाललाई सोधेका छौं ।

हेरौं यो भिडियो