November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

कथा बन्यो कपास उत्पादन

भैरहवा– लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दियामा कपास खेती हुने कुरा अहिले कथा जस्तो लाग्छ । एक समय तराईका जिल्लाका किसानलाई आर्थिक रुपमा आत्मनिर्भर तुल्याउन कपास खेती प्रवद्र्धन गरिएको थियो । त्यसका लागि कपास बिकास कार्यक्रम सञ्चालन गरिएको थियो ।

Advertisement

यसको मुख्य कार्यालय बाँकेको खजुरामा रहेको छ । अहिले कार्यालय र कर्मचारी संरचना नाम मात्रको रहेका छन् । सेतो फुल्ने कपास किम्वदन्ती बनिसकेको छ । दुई दशक अघिसम्म बर्दियाको बढैयाताल गाउपालिका—९, कुम्भरका किसानको आम्दानीको मुख्य बाटो कपास खेती थियो । त्यहाँका किसानले कपास विकास समितिको ५ सय ५० हेक्टर भन्दाबढी जमिनमा वर्षेनि ५ सय मेट्रिक टन कपास फलाउँथे ।

Advertisement

२०३० सालमा तत्कालीन सरकारले बर्दियाका पुनर्बास क्षेत्रमा व्यावसायिक किसिमले कपास खेती गर्न सकिन्छ कि भनेर परीक्षण गरेको थियो । परीक्षणका क्रममा गरिएका अनुसन्धान र पाइलट प्रोजेक्टले नेपालमा कपास खेती वित्तीय र आर्थिक दृष्टिले सम्भव छ भन्ने देखाएको थियो । त्यतिबेला नेपालमा विदेशी मुद्राको ठूलो अभाव थियो ।

कपास खेती गरेका खण्डमा कपास र कपडा किन्नका लागि खर्च भइरहेको विदेशी मुद्रा जोगिने आशले यो खेती विस्तार गरिएको थियो । कपास विकास समितिका निमित्त अधिकृत विजय कुमार जोशी भन्छन्, २०३६–३७ सालताका कपडालाई आधारभूत आवश्यकता मानेर कपास उद्योगलाई उच्च प्राथमिकता दिइएको थियो ।

यी जिल्लामा कपास खेतीको प्रवद्र्धन र बिकास गर्नका लागि ०३७ सालमा कपास विकास समितिको गठन भएको थियो । ‘किसानले फलाएको कपास समितिले किन्थ्यो, प्रशोधन गथ्र्याे र कपडा उद्योगलाई बेच्थ्यो,’ उनले भने, ‘यो समिति स्थापना हुँदा ६० हेक्टरमा गर्ने गरिएको कपास खेती पाँच वर्षमै ५ सय ५० हेक्टरमा पैmलिएको थियो ।’

सुरुको सफलतापछि सरकारले कपास खेती विस्तार गरी रुवा र खाने तेलको बढ्दो माग धान्न, यसका लागि खर्च गर्नुपर्ने विदेशी मुद्रा वचत गर्न, किसानको आम्दानी बढाउन र तराईमा खेती विविधीकरण गर्न एउटा योजना ल्यायो जसलाई एशियाली विकास बैंक र राष्ट्रसंघीय विकास कार्यक्रमले सहयोग गरेका थिए । यो कार्यक्रम चल्दै गर्दा नेपालमा कपास खेती ओरालो लाग्दै गयो ।

कुनै बेला दाङ, बाँके, वर्दिया, कैलाली र कञ्चनपुरका ३,५५० हेक्टरमा ३,००० मेट्रिक टनसम्म कपास फल्थ्यो भने गएको वर्ष ९५ मेट्रिक टन मात्र कपास उत्पादन भएको अनुमान कपास विकास समितिले गरेको छ । गत बर्ष खजुरा स्थित कपास समितिको गोदाममा ६५ मेट्रिक टन कपास थियो । गोदामको क्षमता भने २ सय मेट्रिक टन रहेकोे छ । कपास विकास समितिका निमित्त प्रमुख विजयकुमार जोशीका अनुसार विगत केही वर्ष यता कपास बिक्रीमा कमी थियो भने अहिले भने छैन ।

‘धेरै समय कपास थन्क्याउँदा कपास बिग्रन्छ,’ जोशीले भने, ‘नेपालमा फलेको कपास हेटांैडा कपडा उद्योग र बुटवल धागो कारखानाले किन्थे ।’ ती दुबै उद्योग बन्द भएपछि अहिले विराटनगर कपास बिक्री भई रहेकोले केही समस्या टरेको जोशीले बताए ।