November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

परिवर्तन हुँदै भैरहवा क्षेत्रको जीवनशैली

भैरहवा– एक वर्ष अघिसम्म भैरहवा शहर राति ९ बजेतिर सुनसान भइसक्थ्यो । सीमित केही रेष्टुरेन्ट र होटलबाहेक सडकमा मानिस फाट्टफुट्ट मात्र देखिन्थे । रातको बेलामा अभैm सम्साँभैm यो सहर सुतिसक्थ्यो । तर, अहिले परिस्थिति फरक छ । राति अवेसम्म पनि यो सहर जाग्न थालेको छ । मानिसको चहलपहल देखिन्छ । भारतीय र आन्तरिक पर्यटक सडकमा भेटिन्छन् । होटल, रेष्टुरेन्ट, कफि पसलमा रातिसम्म पनि ग्राहकको भीड देखिन्छन् ।

Advertisement

गत जेठ २ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि भैरहवा र आसपास क्षेत्रमा चहलपहल बढ्न लागेको हो । सम्साँभैm बन्द हुने होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, सपिङमल लगायतका पसल राति अवेरसम्म खुल्ने गरेका छन् । बिमानस्थलको माध्यमबाट नयाँ–नयाँ व्यवसायको खोजी र बजार खोज्दै स्वदेशी बिदेशी व्यवसायीको आगमन बढेको छ ।

Advertisement

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि अन्य केही व्यवसाय पनि यसरी नै संचालन हुन थालेका छन् । नयाँ–नयाँ सम्भावनको खोजी गरिँदै छ । स्पा व्यवसाय करिब दुई दर्जन खुलेका छन् । पहिला यस्तो व्यवसाय एउटा पनि थिएन । अहिले भैरहवालाई भारतीय र आन्तरिक पर्यटकको माध्यमबाट चहलपहल बनाउने काम मसाज, स्पा र क्यासिनोले गरेको छ ।

दुई बर्षदेखि भैरहवाको बुद्धचोकमा संचालित बेकरिज तथा चिया कफी पसल ‘ब्यालेक फरेष्ट’ सधै रातको १० बजे बन्द हुने गथ्र्यो । दुई महिनादेखि भने २४सै घण्टा संचालनमा छ । चिया, कफी, खाजा खान आउने ग्राहकको चहलपहल बिहान र दिउँसोमात्रै होइन, रातमा पनि बढ्दो छ ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल संचालनमा आएपछि हाम्रो व्यवसायलाई धेरै सहयोग पुगको छ’, ब्यालेक फरेष्ट भैरहवा शाखा प्रबन्धक दीलबहादुर गर्बुजाले भने, ‘विमानस्थलमा आउनेजाने यात्रु खाजा नास्ताका लागि यहाँ जतिबेला पनि आउँछन् ।’ उनका अनुसार बिमानस्थलमा रातमा ओर्लने हवाइ यात्रु उक्त पसलमा आउँछन् र चिया कफीमा रात बिताएर उज्यालो भएपछि यातायात चलेपछि गन्तब्यतर्फ लाग्छन् ।

ब्यालेक फरेष्ट जस्ता २४सै घण्टा संचालन हुने पसल तथा व्यवसाय रुपदेहीमा दश वटा छन् । अन्य व्यवसाय तथा पसल पनि थपिने क्रममा छन् । त्यसो त, पर्यटकीय पूर्वाधारसहितका आवश्यक सवै संरचना उपलब्ध रहेकाले भैरहवा क्षेत्रमा ‘रात्रिकालीन पर्यटन बजार’ संचालन गर्नुपर्ने माग पर्यटन व्यवसायी तथा नीजि क्षेत्रले केही समय पहिल्यैदेखि गर्दै आएको हो ।

सात महिना अघि संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र बिन्दु बनाएर रात्रिकालीन पर्यटन बजार संचालन गरिनु पर्ने माग उनीहरुको थियो । रात्रिकालीन पर्यटन बजार संचालन गर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीसहित कपिलबस्तु र नवलपरासी जिल्लामा रहेका बुद्धसंग सम्बन्धित दर्जनौं ऐतिहासिक तथा पुरातात्विक पर्यटकीय स्थल, बेलहिया–बुटवल छ लेनको सडक, परासी र तौलिहवालाई जोडेको हुलाकी राजमार्ग, स्थलमार्ग हुँदै सर्वाधिक तेस्रो मुलुक र भारतीय पर्यटक नेपाल भित्रिने मूल सीमानाका, बुटवल, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकामा बढ्दै गएको शहरीकरण लगायतका पूर्वाधार उपलब्ध रहेको भनाइ व्यवसायीको छ ।

‘भैरहवा क्षेत्रमा रात्रिकालीन पर्यटन बजार संचालन गर्न आवश्यकता नै भैसकेको छ’, नेपाल टुर एण्ड ट्राभल्स एशोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष तथा पर्यटन व्यवसायी सागर अधिकारी भन्छन्, ‘बरु तत्कालै हप्ताको एक दिनबाट सुरु गर्ने र यसका लागि सामान्य संरचना तयार पार्नेतर्फ अव ढिलाइ गर्न हुँदैन ।’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट रातमा भैरहवा ओर्लिने र रातमा उडान गर्ने हवाइ यात्रुलाई घुम्न र अल्मलिनका लागि पनि रात्रिकालीन पर्यटन बजारको आवश्यकता बढ्दै गएको उनले बताए ।

रात्रिकालीन पर्यटकिय बजार संचालनमा ल्याएमा भैरहवा–लुम्बिनी आउने पर्यटकको बसाइ अवधि पनि लम्बिने धारणा व्यवसायीको छ । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली रातमा आएका यात्रु तथा पर्यटक भैरहवा क्षेत्रमा रोकिने बातावरण नभएकाले सिधै गन्तब्य स्थलतर्फ जाने गरेको बताउँछन् । ‘बेलहिया नाकाबाट नेपाल भित्रिने बिदेशी पर्यटक सिधै काठमाडौं, पोखरा चितवन लगायतका गन्तब्यमा जाने गरेका छन्’, उनले भने, ‘उनीहरुको बसाइ अवधि लम्ब्याउनका लागि पनि भैरहवामा रात्रिकालीन पर्यटन बजार संचालन गर्न आवश्यक छ ।’

यस क्षेत्रका व्यवसायीको मागलाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खांणले नेपालमा रात्रीकालीन बजारको प्रचालन उति नभए पनि नेपालको पर्यटन व्यवसायको प्रबद्र्धन र बिस्तारका लागि निश्चित मामदण्ड पुरा गर्ने गरि फर्म भरेर अनुमती मागेमा २४ सै घण्टा संचालनको अनुमती दिने कार्यबिधि सरकारले ल्याएको बताए ।

पर्यटन प्रबद्र्धन र अर्थतन्त्र चलायमान बनाउन मुलुकको जुनसुकै स्थानमा रहेका होटल, रेष्टुरेन्ट लगायतका व्यवसाय राति १२ बजेसम्म संचालन गर्नका लागि सरकारले अनुमती दिएको पनि उनले बताए । यस भन्दा अघि राति १० बजेसम्म खोल्ने र त्यसपछि बन्द गर्ने प्रचलनमा रहेको कफीसप, पान पसल, बेकरी पसल, रेष्टुरेन्ट तथा होटल राति १२ बजेसम्म संचालन गर्न पाउने गरि मन्त्री परिषद्को बैठकले केही दिन अघि निर्णय गरेको उनले बताए ।

‘अव ति पसलमा सरकारकोतर्फबाट स्थानीय प्रशासन र सुरक्षाकर्मीले सहयोग पुर्याउने छन्’, खाँणले केही दिन अघि भैरहवामा आयोजित कार्यक्रममा भनेका थिए, ‘यस वारेमा प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र आइसकेको होला, यदि नआएको भएमा आउने छ ।’ आन्तरिक र बिदेशी पर्र्यटकका साथमा आम उपभोक्ताले सुविधा पाउने उनले बताए ।