June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

प्रदेश सभामा लुम्बिनी सरकारको बजेट प्रस्तुत हुँदै [LIVE]

बुटवल– लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट प्रदेश सभामा प्रस्तुत हुँदैछ । आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् । बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधारलाई विशेष जोड दिइएको छ ।

यसअघि ४ बजे सुरु बैठक नेकपा एमालेले अवरुद्ध गरेको थियो । स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वली अर्काको घरमा गएर कुटपिटमा संलग्न भएको विषयमा अहिलेसम्म सरकारले आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै एमालेले तत्काल सार्वजनिक गर्न माग गर्दै बैठक अरुद्ध गरेको हो । एमालेले अबरुद्ध नगर्ने जनाएसँगै प्रदेश सभा बैठकमा बजेट प्रस्तुत सुरु भएको हो ।

Advertisement