June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

चलचित्र ‘वेलकम टु हेम्जाकोट’को गीत सार्वजनिक

चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ‘मायाको रेडियो’ बोलको गीत सार्वजनिक भएको छ।

Advertisement

निर्देशक सरोज पौडेलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रको आइटम फ्लेभरको सो गीत बुधबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।

Advertisement

निर्देशक पौडेलका अनुसार सो चलचित्रको प्रदर्शन मिति कार्तिक २५ गतेलाई तय गरिएको छ।

सो गीतमा कविराज गहतराजले कोरियोग्राफी, उदेश श्रेष्ठ र इन्दिरा जोशीको स्वर, राज सागरको संगीत र प्रज्वल अधिकारीको शब्द छ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्रका प्रमुख अभिनेता बिनोद न्यौपानेले ‘वेलकम टु हेम्जाकोट’ साँच्चै नै रमाइलो बनेको बताउदै दर्शकको माया पाउनेमा आशावादी रहेको बताए।

तेजप्रसाद दाहालको प्रस्तुती, सुमन खड्का कार्यकारी निर्माता र जितेन्द्र गिरी निर्माता रहेको चलचित्रमा विनोद, अम्बिका, सुजैरा,अस्मिताका साथमा बुद्धि तामाङ, शारदा गिरी, विशाल पहाडी, रवि गिरी,सन्दिप सिग्देल र स्व.जयनन्द लामालगायतले अभिनय गरेका छन्।

भिडियोः