कालिका मानवज्ञानका २२ विद्यार्थीलाई एमबीबीएस छात्रबृत्ति



भैरहवा– रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माविमा अध्ययन गरेका २२ विद्यार्थी यसपटक चिकित्सा शास्त्रतर्फ एमबीबीएस प्रवेश परीक्षामा सफल भएका छन् । उनीहरु पूर्ण छात्रबृत्ति कोटामा छनोट भएका हुन् ।
चिकित्सा शिक्षा आयोगद्वारा सार्वजनिक परीक्षा नतिजा अनुसार एमबीबीएस तहको एकीकृत प्रवेश परीक्षामा सहभागी भएर छनोट भएका २१ जनाले नेपाल र १ जनाले भारतको गोरखपुरमा निःशुल्क अध्ययन गर्न पाउने भएका छन् । उत्तीर्णमध्ये ५ जना दन्त चिकित्सा (बिडिएस) तर्पmका हुन् ।
विद्यालयका प्रधानाध्यापक विष्णुहरी ज्ञवालीका अनुसार चिकित्सा आयोगले सार्वजनिक गरेको नतिजामा देशभरबाट १० औं स्थानमा कालिकाकै शिशिर मल्ल छन् । त्यस्तै ४४४ औं स्थानमा मनिष बेल्बासे छन् । बेल्बासेले भारतको बीआरडी मेडिकल कलेज गोरखपुरमा पूर्ण छात्रबृत्तिमा अध्ध्यन गर्न पाउने भएका हुन् । कालिका मानवज्ञानबाटै एसईई परीक्षामा ४ जिपीएसहित उत्र्तीण भएका शिशिर कक्षा ११ र १२ कालिकामा नै विज्ञान संकायमा अध्ययन गरेका थिए ।
कालिकाकै निश्चल जीसीले ३५ र आयुष पाण्डेले ३९ औं स्थान प्राप्त गरेका थिए । सम्राट मरासिनीले ६९ , अजयकुमार चौधरीले ९१, सुदीप घिमिरेले १ सय ४ं, आकाश मिश्रले १ सय ५६ औं, आदित्य भण्डारीले १ सय ६१, ईशान ज्ञवालीले १ सय ८६, सन्देश अधिकारी १ सय ९८ र गणेश पन्थीले २ सय ८ औं स्थान हासिल गरेका छन् ।
बिपिशा अर्यालले २ सय २५, शिवनाथ यादवले २ सय ७८, दीपक केसीले ३ सय ९ं, सम्पदा गौतमले ३ सय ३८, बालकृष्ण कोहारले ३ सय ५४, अर्जुन रिजालले ३ सय ५६, राजीव अग्रहरीले ३ सय ७०, इन्द्रबहादुर भुजेल मगरले ३ सय ८१, अंकित तिवारीले ३ सय ९२, मनिष बेल्बासेले ४ सय ४४ औं स्थान प्राप्त गरेका थिए । विद्यालयका अनुसार कक्षा ११ र १२ देखि विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ प्रवेश परीक्षाका लागि आवश्यक आधार तयार गराउने गरिएको छ ।








प्रतिकृया दिनुहोस्