November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

बुटवल यातायात कार्यालय परिसरबाट सात बिचौलिया नियन्त्रणमा

Advertisement

भैरहवा– बुटवलस्थित यातायात व्यवस्था कार्यालयको परिसरबाट सात जना बिचौलियालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

प्रहरीका अनुसार मंगलबार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालय परिसरमा बिचौलियाको काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा पर्नेमा गुल्मीको मालिका गाउँपालिका–५ का २३ वर्षीय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका–१३ का ४३ वर्षीय लक्ष्मी खनाल र ६२ वर्षीय खेमलाल भुषाल रहेका छन् ।

त्यसैगरी बुटवल उपमहानगरपालिका–८ का ५४ वर्षीय ऋषिराम खनाल, शुद्धोधन गाउँपालिका–२ का ३१ वर्षीय विजय क्षेत्री र पाल्पाको बगनासकाली गाउँपालिका–१ का ५३ वर्षीय परमधोज श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिइएका सातै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।