बिमानस्थल सञ्चालनकालागि सरकारको घोषणाप्रति उत्साहित छैनन स्थानीय व्यवसायी


भैरहवा–गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रोत्साहन गर्न भनि सरकारले गरेको विशेष सहुलियतको घोषणाले भैरहवाका व्यवसायी तथा स्थानियवासीलाई उत्साहित बनाउन सकेको छैन ।
पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रोत्साहन गर्न भन्दै २०८५ साल भदौ मसान्तसम्मका लागि यी विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय गत बुधवार मन्त्रीपरिषद्को बैठकले गरेको थियो ।
सरकारको यो निर्णय कुनै नयाँ नभएर पुरानै निर्णयलाई निरन्तरता दिइएको र यस निर्णयबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीहरुलाई यी बिमानस्थहरुमा उडान सञ्चालनकालागि आकर्षित गर्न नसकेको भनाइ स्थानीयको छ ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले यस खालको सरकारको निर्णयले बिमानस्थल चल्ने भए पहिल्यै चलिसक्ने बताए । ‘पहिलाका सरकारलेपनि यस खालको निर्णय गरेकै हो, बरु घोषणा अनुरुपको सुुबिधा एयरलाइन्स कम्पनहिरुले नपाएको भन्ने गुनासो आयो’ आचार्यले भने, ‘अव तेस्तो नहोस । घोषणाको पूर्ण कार्यान्वयन हुन सकोस ।’
सरकारले गरेको यो घोषणा बिशेष केही नभएर पहिलाकै निर्णयलाई निरन्तर।ता दिएको भनाइ उनको छ । सरको पछिल्लो यो निर्णय ‘पर्ख र हेर’ को अवस्था भएको उनले बताए । ‘बिमानस्थल सञ्चालन गर्ने सरकारको ठोस रणनीति भन्दा प्रचारबाजी र स्टनबाजी बढि भएको छ’ उनले भने ।
भैरहवाका पर्यटन व्यवसायी तथा नेपाल एशोसियसन अफ ट्राभल्स एजेन्सी लुम्बिनी प्रदेशका पुर्व अध्यक्ष सागर अधिकारीले सरकारको यो निर्णयलेबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलायमान हुन नसक्ने बताए ।
‘यस निर्णयले एयरलाइन्स कम्पनीहरु खसै आकर्षित भएको देखिएन । बरु सुबिधा लिनकालागि भैरहवामा ल्याण्डिङ गर्ने तर बिमानको ढाका समेत नखोली काठममाडौं उड्ने प्रवित्ति देखियो’ अधिकारीले भने, ‘विमानस्थल चलायमान सरकारले ठोस योजना र नीति ल्याउनु पर्छ ।’
भैरहवाबाट हप्तामा तीन–चारवटा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सलाइृ काठमाडौंमापनि सुबिधा दिने, सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको न्यारो बिमानलाई काठमाडौंदेखि भैरहवासम्म डोमेष्ट्रिक, त्यही बिमानलाई भैरहवादेखि दिल्लीसम्म अन्तर्राष्ट्रिय उडान, दिल्लीदेखी भैरहवासम्म अन्तर्राष्ट्रिय र भैरहवादेखि काठमाडौंसम्म डोमेष्ट्रिक उडानको रुपमा सञ्चालन गर्ने र सरकारले नेपालस्थित विभिन्न मुलुकका राजदूत मार्फत् जी टु जी मार्फत् आ–आफ्ना मुलुकका सरकारी विमान केही महिनाकालागि नाफा नोक्शानी नहेरी नियमित उडान सञ्चालनकालागि अनुरोध सहित पहल गर्नु पर्ने सुझाव उनको छ ।
भैरहवाबाट एयरलाइन्स कम्पनीहरुले हवाइ यात्रु पाउने, काठमाडौंमा केन्द्रिकृत मेनपावर कम्पनीहरुलाई भैरहवामा ल्याउने बातावरण बनाएर सरकारले र अन्तर्राष्ट्रिय उडान सञ्चालनकालागि आवश्यक पर्ने अन्य पुर्वाधारहरु तयार पार्नु पर्ने भनाइ उनीहरुको छ ।
भैरहवाका होटल व्यवसायी तथा नेपाल होटल संघका केन्द्रिय उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ भैरहवाबाट यात्रु पाउने वातावरण नभएसम्म यस खालको छुट र सुबिधालेमात्र बिमानस्थल नचल्ने बताउँछन् । ‘पहिलापनि यस खालको सुविधा दिएरपनि चलेन त’ श्रेष्ठले भने, ‘यात्रु पाउने पूर्वाधार सहित भारतसँगको उडानकालागि सरकारले पहल गर्न आवश्यक छ ।
स्थानीय व्यवसायीका अनुसार, स्वास्थ्य परीक्षणका लागि मेडिकल गर्न कतिपय अवस्थामा काठमाडौं नै जानुपर्ने हून्छ । बिमा र म्यानपावर कम्पनी अहिलेसम्म भैरहवा आएका छैनन् । यसबारे बेलैमा भारत सरकारसँग कूटनीतिक पहल गर्न आवश्यक छ । बरु, ग्राउण्ड ह्यान्डलिङ शुल्कमा पहिला ७५ प्रतिशत छुट दियएकोमा अहिले ५० प्रतिशतमात्र छुट दिइएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहले यस भन्दा पहिला २०८१ भदौदेखि लागू भएको यो सुबिधाको म्याद भदौसम्म रहेको र सरकारले यसलाई दुई बर्षकालागि थप गरेको बताए । ‘भारतीय पर्यटकलाई आकर्षित गर्ने खालको योजना सहित भारतका उडान सञ्चालनकालागि पहल गर्नु पर्ने आवश्यकता देखिएको छ’ साहले भने ।








लेखकको सम्वन्धमा