June 17, 2026, Wednesday
२०८३ असार ३ बुधबार

विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक, सर्वाधिक गोलको कीर्तिमान बराबरी, अर्जेन्टिनाको विजयी सुरुवात

Advertisement

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप  २०२६ को पहिलो खेलमा ह्याट्रिक पूरा गरेका छन् । अमेरिकाको कान्सास सिटी रंगशालामा आज बिहान आयोजित खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलकाे १७औं, ६०औं र ७६औं मिनेटमा गोल गरे ।

Advertisement

छैटाै‌ँ पटक विश्वकप खेलेका मेस्सीले पहिलाेपटक ह्याट्रिक पूरा गरेका हुन् । यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमानी बराबरी गरेका हुन् ।

सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । उनले सन् २०१० को विश्वकप बाहेक पाँच विश्वकपमा गोल गरेका छन् ।

चार वर्षअघि कतारमा मेसीले आप्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए । यस्तै विश्वकपमा मेसीले कीर्तिमानी २७औं खेल खेलेका छन् ।

मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा शानदार सुरुवात गरेको छ । खेलको सुरुवातमै मेस्सी एक गोल गरेपनि अफसाइडका कारण मान्यता पाएको थिएन ।

यस्तै अफसाइडका कारण अल्जेरियाका खेलाडीले गरेको एक गोलले पनि मान्यता पाएको थिएन । याे जितसँगै अर्जेन्टिनाले ३ अ‌ंक जाेड्दै समूह जे मा शीर्ष स्थानमा छ ।