खस्किँदै गल्ला ब्यवसाय


कपिलवस्तु– कपिलवस्तु नगरपालिका–२, रमतलहामा श्याम ट्रेडर्स संचालन गरेर बसेका गल्ला ब्यवसायी पुजारी गुप्ताले पहिला जस्तो गल्ला ब्यवसाय नहुँदा ब्यवसायीलाई जिविकोपार्जन गर्ने धौ–धौ हुन थालेको छ । पहिला गाउँघरबाट गल्ला (धान, चामल र गहुँ) गोरुगाडा, ट्याक्टरमा राखेर सदरमुकाम र आसपासका ब्यापारी–ब्यवसायीलाई बेच्न लगिन्थ्यो । कृषकले घर गर्जो टार्न ब्यापारी कहाँ सोझै लगेर बेच्थे ।
तर, अहिले दुई–ढाई वर्ष यता भने सर्वसाधारण र कृषक लामो दुरी तय गरेर गई गल्ला बेच्न सक्दैनन् । लामो दुरीका लागि बिल काट्नु पर्छ । फर्म नभई बिल काट्न मिल्दैन् । गाउँले नजिकका खुद्रा ब्यापारीलाई बेच्छन् । खुद्रा ब्यापारीेले थोक ब्यापारीलाई बेच्दा समस्या भइरहेको अर्का ब्यवसायी गिरजेश जयसवालले बताए । एउटा तह (खुद्रा) ब्यापारीले नाफा खाएर बेच्दा किसानले कम मुल्य पाउने गरेका छन् ।
उता थोक ब्यापारीले पनि धान चामल आफै सिधैं बेच्न पाउँदैनन् । ब्राण्ड दर्ता गरेका उद्योगलाई बेच्नु पर्छ यस्ले ब्यापारी जयसवालले भने उनीहरुले सानो प्याकिङ गरेर उपभोत्तालाई बेच्छन् । थोक ब्यापारीले सोझै बेच्न पाउँदा उपभोत्ताले सस्तो पाउँथे । तर, ब्राण्ड दर्ता गरेकाले बेच्ना धेरै महंगो पर्छ । यसले गल्ला ब्यापारलाई समस्या पारेकोछ । ३ वर्ष अघिसम्म थोक ब्यापारीले एक क्विण्टन धान बेच्दा दुईसयदेखि ढाई सय रुपैयाँ नाफा पाउँथे भने अहिले २५ रुपैयाँमात्र पाउने पुजारी गुप्ताले बताए । त्यस्तै गहुँ बेच्दा पहिले एक सय रुपैयाँ नाफा पाउने गरेकामा अहिले २० रुपैयाँ र चामल बेच्दा पहिले तीनसयदेखि चारसय रुपैयाँ नाफा पाउने गरेकामा अहिले ५० रुपैयाँ नाफा पाउँदा जीविकोपार्जन गर्न समस्या भइरहेको उनले बताए ।








प्रतिकृया दिनुहोस्