October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

मानसिक रुपमा कसरी स्वस्थ्य बन्ने ?

  • डा.सिपी सेडाई

विश्वका मानसिक रोगीहरुको संख्या बढ्दो छ। विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार करिब २५ प्रतिशत मानिस कुनै न कुनै प्रकारको मानसिक समस्याबाट पिडीत छन्। विश्वमा हरेक बर्ष १० अक्टोबरमा  मानसिक स्वास्थ  दिवस  मनाइन्छ। यस बर्षको नारा ‘मेन्टल हेल्थ केयर फर अलस् लेट्स मेक इट अ रियालिटी’ भन्ने  छ।

मानसिक रोगलाई हाल मनोरोग भनिन्छ। मनोरोग अन्तरगत अति सामान्य समस्या टेन्सन हेड्याकदेखि अति कडा रोग सिजोफोर्नियासम्म पर्दछ। विश्वमा करिब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पिडीत छन्। विश्वका १० खतरनाक रोग जसले मानिसको दैनिक क्रियाकलापमा असर गर्छ जसमध्ये ५ वटा मानसिक रोगका कारणले गर्दा हुन्छ। तिनीहरु डिप्रेसन, मेनिया, सिजोफोर्निया, दूव्र्यसनी र डिमेन्सिया पर्दछन्। डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनोरोग हो। नेपालमा मनोरोगका बिरामीलाई उपचार गर्ने जनशक्तिको कमी छ। साइक्याट्रिक मनोरोग विशेषज्ञ, साइक्याट्रिक नर्स, साइकोलोजिष्ट र सामाजिक कार्यकर्ता मनोरोगका बिरामीको उपचारमा संलग्न रहन्छन्। नेपालमा मनोरोगीका बिरामीको मानसिक अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल र निजी अस्पतालमा उपचार हुने गरेको छ। केही गैरसरकारी संस्थाले पनि मानसिक रोगको उपचार गर्न सहयोग गर्दै आएका छन्।

कोरोना भाइरसका कारण आज विश्वभर त्रास छ। विश्वको इतिहासमा यति ठूलो महामारी पहिलो हो।  यसलाई भाइरससँग मानवजातिको विश्वयुद्ध भन्दा अत्युक्ति नहोला। विश्वका धेरै देशा यसले लकडाउन गरायो। चीनको  उहान शहरबाट सुरुभएको यो महामारी अमेरिका, युरोप लगायत विश्वभर फैलिएको छ।  यसले विश्वमा  धेरै धन जनको क्षति भएको छ। दक्षिण एसियामा पनि यसको ठूलो क्षति  भोग्नुपर्यो।  नेपालमा कोरोनाको कारण मानसिक समस्य निकै बढेको छ। हाल  कोरोनाको कारणले एन्जाईटी डिसअर्डर, डिप्रेसन, पोष्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर,   हिस्टेरिया  जस्ता रोग बढी देखिएका छन्। हाल कोरोनाको तेस्रो लहर  आउने अनुमान गरिएको छ। अहिलेको अबस्थामा  व्यापक जनचेतना  फैलाउनु,  खोप सबैलाई  लगाउनु नै  र आर्थिक रूपले सबल बनाउनु  अति आवश्यक छ।

मानसिक रोग अति सामान्यदेखि  निको पार्न कठिन हुनेसम्मका हुन्छन्। सामान्य खालका मनोवैज्ञानिक समस्या २५–३० प्रतिशत सम्म मानिसको जीवनमा विभिन्न समयमा पाईन्छ। खासगरी मानिसमा परेको समस्यासँग जुध्न नसक्दा मानसिक रोग लाग्न पुग्छ। तर वंशानुगत रुपमा पनि मानसिक रोग लाग्ने संभावना देखिन्छ। मिहनेत गर्न नछोड्ने, अनावश्यक कुरामा बारम्बार एकोहोरो सोचाई नगर्ने, लागु पदार्थ सेवन नगर्ने अनि मनमा रहेको समस्या अरुलाई बाँड्ने गर्नाले मानसिक रोग लाग्ने सम्भावन कम रहन्छ।

मानसिक रोग कस्ता कस्ता हुन्छन्?
क) सामान्य खालका मानसिक रोग

एन्जाइटी डिसअर्डर (डर लाग्ने समस्या)– मानिसमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने समस्या हुन्छ। जुन औषधि सेवन र साइकोथेरापी गरे निको हुन्छ।

कनभर्सन डिसोसिएटिभ डिसअर्डर– अचानक हात खुट्टानचल्ने, छातीमा स्वास फेर्न गाह्रो हुने, उल्टो कुरा गर्ने, बोली रोकिने, बक्ने (एयटा अर्का भई बोल्ने), काम्ने, बिर्सने आदि लक्षण लिई यस्ता बिरामी अस्पताल आउँछ्न।

टाउको दुखने समस्या– मनिसमा टाउको दुख्ने समस्या बढ्दो छ। खासगरी टेन्सन हेड्याक, माइग्रेन आदी बिरामीहरु निकै लामो समस्या लिएर आउँछन्।

बालबालीकामा देखिने मनोवैज्ञानिक समस्या– बालबालीकामा चकचक गर्ने, रिसाउने, चोर्ने, झगडा गर्ने, स्कूल जान नमान्ने, स्कूलबाट भाग्ने, एक्लै बस्ने आदी समस्या पाईन्छ। साथै बच्चामा डिप्रेसन वयस्कमा भन्दा फरक लक्षण लिई देखा पर्छ।

सोमोटाइजेशन डिसअर्डर– यो यस्तो रोग हो, जसमा शरीरका विभिन्न अंगका धेरै लक्षणहरु लिएर बिरामी उपचारका लागि चिकित्सककहाँ पुग्छन्। जस्तैः टाउको दुख्ने, पेट दुख्ने, हात खुट्टा हल्लिने आदि। मानिसहरु विभिन्न डाक्टरकहाँ उपचारका लागि पुग्छन्। तैपनि आफ्नो समस्या निको भएको महसुुस गर्दैनन्। विभिन्न ल्याब परीक्षण गराउँदा पनि कुनै खराबी देखिंदैन। जुन साइकोलोजिकल कारणले भएको उनीहरुलाई थाहा नै हुँदैन। कहिलेकाहीँ बिरामीहरु आफूलाई क्यान्सर भएको, एड्स भएको शंका गरेर पनि अस्पताल आउँछन्।

बच्चा जन्माएपछि आमामा देखिने मानसिक रोग– महिलाहरु बच्चा जन्माएपछि आफूलाई मानसिक असन्तुलन भएको डिप्रेसन महसुस गर्दछन्। यस्तो रोग उपचारपछि पूर्णरुपमा निको हुन्छ।

निद्राको समस्या– मानिसमा निदाउन गाह्रो हुने, निद्रामा डराउने, निद्रामा हिंड्ने समस्या पाईन्छ, जुन उपचार गरे निको हुन्छ।

ख) मध्यम खालका मानसिक रोग
डिप्रेसन–
 यो रोगका विरामीहरु निराश हुने, दिकक हुने, नराम्रो हसने, बारम्बार रुने, हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, बाँच्न भन्दा मर्न बेस भन्ने र कतिपय बिरामीले आत्महत्या गरेको पनि पाइएको छ। डिप्रेसन नेपालमा पाइने एउटा मूख्य मानसिक रोग हो। जीवनभरमा २०–२५ प्रतिशत मानिसमा डिप्रेशन हुन्छ। यो उपचार गरे निको हुने रोग हो।

लागूऔषध र रक्सीको समस्या– खासगरी स्कूल जाने, हाई स्कूल तथा कलेज जाने विद्यार्थी लागूऔषध सेवन गर्ने कुलतमा फसेको देखिन्छ। विभिन्न प्रकारका खोकिको औषधि, गाँजा टिजोजेसिक र हिरोइन जस्ता औषधि लिंदा मस्तिष्कमा असर पर्दछ। उनीहरु एकपटक लिएपछि छोड्न सक्दैनन्। कतिपय अवस्थामा चोर्ने आदि अपराधमा उनीहरु संलग्न भएको पाइएको छ। अर्को समस्या रक्सी सेवन गर्ने हो। जब मानिसले रक्सी लिन थाल्छ, दिनदिन उसले लिने मात्रा बढ्न थाल्छ। पछि ऊ बिहान पनि रक्सी नलिई बस्न सक्दैन। उसमा छारेरोग देखिने, होस हराउने, पेट पोल्ने, मुटुको रोग, कलेजोको रोग, डिमेन्सिया तथा डर लाग्ने र डिप्रेसन जस्ता रोग लाग्ने संभावना बढी रहन्छ। जुन उपचार गरे निको पार्न सकिन्छ।

छारे रोग– अचानक शरीर कडा हुने, काम्ने, र बेहोस हुने, आँखा हल्लिने, जिब्रोमा चोट लाग्ने आदि समस्या लिई धरै बिरामी आउँछन्। कतिपय बच्चामा एक देखि दुई मिनेट टोलाइ मात्र रहने पनि एक प्रकारको छारे रोग हो। यो उपचार गरे निको हुन्छ। यो रोगमा औषधि ४ वर्षसम्म सेवन गर्नु पर्छ।

अब्सेसिभ कम्पल्सिभ डिसअर्डर– यो यस्तो रोग हो, जहाँ मन अत्यन्त कमजोर हुन्छ। मनमा विभिन्न सोचाई र दृश्यहरु आइरहन्छन्। मनमा लिन्न भने पनि त्यस्ता सोचाइ आउनाले बिरामी आत्तिन्छ। उसलाई ती सोचाई आउनाले उसमा छटपटी भइरहन्छ। साथै चुकुल लगाई सकेपछि पटक पटक हेर्नुपर्न, हात बारम्बार धोई रहनु पर्ने आदि समस्या रहन्छ सुस्त मनस्थिति– यस्ता बिरामीमा बौद्विक क्षमता कम हुन्छ। दैनिक जीवनमा यस्ता बिरामी सिक्ने, काम गर्ने, पढ्ने कुरामा निकै पछि पर्छन्। यसलाई बुद्वि कम भएको पनि भनिन्छ। उपचार गरे बिरामी राम्रो हुन्छन्, तर उनीहरुलाई सीप सिकाई बुद्वि अनुसारको काम लगाउनु पर्दछ।

ग) कडा मानसिक रोग
बाइपोलर एफेक्टिभ डिसअर्डर–
 माथी वर्णन गरे जस्तै कहिले मेनिया हुने र कहिले डिप्रेसन देखिने रोगलाई बाइपोलर एफेक्टिभ डिसअर्डर भनिन्छ। मेनिया भई फेरि मेनिया दोहोरिए पनि त्यसलाई बाइपोलर एफेक्टिभ डिसअर्डर भनिन्छ। यो रोग चार देखि पाँच महिना बढ्ने र त्यसपछि निको हुने फेरि एक देखि दुई वर्षमा अर्काे पटक उही समस्या देखिने हुन्छ।

सिजोफेर्निया– यो यस्तो रोग हो, जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हुँदैन। बिरामी एक्लै बस्दा कानमा आवाज आउँछ। बिरामी अरुसंग शंका गर्ने, सर संगत छाड्ने र एक्लै बस्ने, दैनिक काममा ध्यान नदिने, सफा सुग्घर गर्न छाड्ने, घरबाट भाग्ने हुन्छ। 

मानिसक रोगका कारणहरु 
– वंशानुगत रुपमा सर्ने।
– न्यूरोट्रान्समिटरको को गढबढी जस्तै डोपामाइन, सेरोटोरिन र नोरपिरेफ्रिन।
– पर्सनालिटी फ्याक्टर (बिरामी हुनु अघिको व्यक्तित्व)
– तात्कालिन घटनाक्रम जस्तै मानिस मर्नु, नोक्सानी हुने कुनैपनि घटना घट्नु। 
–  पारिवारिक अस्वस्थ्य सम्बन्ध।
– गर्भावस्थामा संक्रमण, मस्तिष्कको वृद्धिमा रोक आदि।
– टाउकोको चोटपटक।

मानसिक रोग लागेको कसरी चिन्ने ?
– मानिसमा धेरै अंगका जटिल लक्षण एकैचोटी देखिएमा।
– अनौठो व्यवहार देखापरेमा।
– एक्लै बोल्ने, एक्लै हाँस्ने गरेको देखेमा।
– अरुदेखि शंका गर्ने देखिएमा।
– आत्तिने, डराउने, चिन्ता गर्ने, घरबाट भाग्ने गरेमा।

मानसिक रोग बारे जान्नै पर्ने कुरा 
– मानसिक रोग अति सामान्य (जस्तै टाउको दुख्ने मात्र) देखि कडा खालका (एक्लै बोल्ने, एक्लै हाँस्ने) सम्मका हुन्छन्। सामान्य खालको मानसिक समस्या हुँदा आत्तिनु हुँदैन र उपचार गर्न पनि हिचकिचाउनु हुँदैन। कडा मानसिक रोगका बिरामीलाई परिवारका सदस्यको सहयोग अति आवश्यक छ।
– मानसिक रोग लाग्नु पापको फल होइन।
– उपचार गरे मानसिक रोग निको हुन्छ।
– मानसिक रोगका बिरामीलाई सबैले सहयोग गर्न पर्छ।
– उपचार गरिरहेका मानसिक रोगका विरामीले डाक्टरको सल्लाह बिना आपैmं औषधि छाड्नु हुँदैन।
– उपचारको क्रममा विभिन्न ल्याब परीक्षण गर्दा पनि कुनै रोग नदेखिएमा त्यो मानसिक रोग हुने सम्भावना धेरै रहन्छ।
– मानसिक रोगको उपचारमा काउन्सिलिङ (साइकोथेरापी) र इसिटी (विद्युतिय उपचार) को पनि ठूलो भúमिका रहन्छ।
– मानसिक रोगका बिरामीहरु घरपरिवार, समाज तथा द्वन्दको कारण शोषणमा पर्न सक्छन्। उनिहरुको मानवअधिकारको संरक्षण गर्नु।
– साइकोसिस तथा सिजोफेनिया 
– मानिस काम्ने र बक्ने वनको भúतले होइन मनको आन्तरिक पिडाले गर्दा हुन्छ।

मानसिक रोगको उपचार बिधि
१ साइकोथेरापी
२) औषधि प्रयोग 
३) विद्युतीय उपचार

मानसिक रुपमा कसरी स्वस्थ्य बन्ने ?
१.   कहिलेकाँही कुनै घटना परिस्थिति तथा वाध्यता पछि हाम्रा मन भौतारिन सक्छ यस्तो अवस्थामा मन एउटै कुरामा घुमाई रहन हुँदैन बरु मन परिवर्तन गर्नु पर्छ। कुनै नराम्रो अनुभव मनमा लिइरहँदा हाम्रो मस्तिस्कमा समेत असर पुर्याउछ। शरिर तात्छ, मुटुको धड्कन वढ्छ र छटपटि हुन्छ त्यसैले अनावस्यक कुरामा एकोहोरो गहिरो सोचाँर्ई नगर्ने।

२.    अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने
हामी हाम्रो प्रगति चाहान्छौं यो राम्रो पक्ष हो। तर हामीमा केही गलत धारणा पनि रहन सक्छ। अर्काले प्रगति गर्दा आफूलाई ‘नकारात्मक मुल्यङकन गर्ने’ यो असाध्यै नराम्रो बानी हो। त्यसैले मनलाई ठूलो पार्नु पर्छ, संकिर्ण पार्नु हुँदैन। धेरै मानिसहरु यस्ता समस्याबाट पिरोलिएका हनसक्छन्। जसले गर्दा मनमा अशान्ति फैलन्छ , हामीलाई मनोरोग लाग्न सक्छ। प्रगतिशिल, सच्चा सोचाई ‘बाँच र बचाऔं’का भावना मनमा जागेको हुन पर्छ, हामी आफू भन्दा सानालाई कसरी सहयोग गर्ने र आफू सरहको प्रगतिमा साथ दिनु पर्दछ। नकी आफूलाई अवमूल्यन गर्ने होइन।

३.    पुराना रुढिवादी कुरामा विस्वास गर्नु हुँदैन। 
    बाटो हिँड्दा बिरालोले बाटो काट्यो वा रित्तो गाग्री देखियो भने अशुभ हुन्छ भन्ने गलत विस्वास छ। त्यसैले यस्ता बस्तु देख्दा मन वेचैन बनाउन हुँदैन, मन ढुक्क नै हुनु पर्छ। किनभने यसमा कुनै सत्यता नै छैन। राशिफल, हेराउने, भुतप्रेत बोक्सीको युगको अन्त्य भइसक्यो। त्यस्तै यस्ता कुरामा चिन्ता लिई समय बरवाद नगर्ने। बरु सफा पानी ताजा खानेकुरा खाने, राती बाटोमा हिँड्दा भूत लाग्छ भन्दै मन डराएर ढुङ्गो देखि तर्सेर पनि मानिस बिरामी हुन्छ। मनोराग लाग्न पुग्छ। त्यसैले पुराना गलत चलन पनि हटाउन पर्छ। कसैलाई बोक्सी भनेर कुट्ने गरिन्छ जुन सतप्रतिसत झुटा हो। त्यसैले हाम्रो गाउँघरमा पनि आधुनिक चेतना जगाउन आवश्यक छ। मरेको मानिसको आत्मा मनमा आउँछ भन्ने वा मरेको मनिसले दुख्ख दिएको आदि गलत विस्वास छ। यस्ता गलत कुरामा अल्झिएर बस्न हुँदैन। 

४.    हरेक काममा खुशी हुने 
        दैनिक जीवनमा काम गर्दै जाँदा कहिले सफल भइन्छ तर कहिले असफल भइन्छ। असफल भएको कारणले हतास हुनु हुँदैन बरु असफलताको कारण के छ त्यो पत्ता लगाई सफलताको बाटोमा फेरि अगाडी बढ्नु पर्छ। निराश हुनु हुँदैन। अरुसँग पनि सररल्लाह लिनु पर्छ।
कहिले काँही हाम्रो अगाडि समस्या नै समस्या र्र्तेिर्सएर बसेका हुन्छन्। यस्तो अवस्थामा आत्तिनु हुँदैन। कतिपय समस्या आफैंपनि समाधान भएर जान्छन। ३,४ महिनामा आउने समास्यालाई लिएर अहिले देखिनै चिन्तित हुनु हुँदैन। बरु देखिएका समस्यालनई एउटा योजना बनाइ यो पछि यो गर्छु भनि अघि बढ्नु पर्छ।
        कतिपय मिडियाले राम्रो कुरालाई पर्दा पछाडि राखी नराम्रो कुरालाई प्रचार गर्छन जसले गर्दा सर्वसाधरणमा सबै कुरा बिग्रियो, भत्कियो, वेकार छ जस्तो भावना आउन सक्छ। तर वास्तविकता त्यस्तो हुँदैन। त्यसैले धेरै समय सञ्चारमाध्यममा नकारात्मक कुरा आइरहेको छ भने धेरै समय त्यही मात्र हेरेर चिन्तित हुनु हुँदैन। 

५.    जे छ त्यसमा सन्तुष्ट बन्ने तर मेहनत गर्न नछाड्ने
        धेरै मानिसहरु आफू कहाँ बाट आएको भन्नेकुरा पनि र्विसन्छन। वगतलाई विर्सन्छन, वर्तमानमा सन्तोष लिन चाहँदैनन्, किनभने समय पार गर्दै जाँदा ठूलो उन्नति भएको पनि बिर्सन्छन् र सधै असन्तोषी भइरहन्छन्। विगतमा आफू कुन अवस्थामा थिएँ, अहिले कुन अवस्थामा आइपुगियायो भनेर मूल्यांकन गर्नु पर्ने हुन्छ। धेरै जसो मानिसहरु ठूलो प्रगति गर्दा पनि क्षणिक आनन्द लिन्छन, त्यसैले मनमा सन्तोष भएको हुँदैन। त्यसकारण हामीले सन्तोष लिन सिक्न पर्छ। मैले यो अवधिमा यति गरेँ, भगवानले मलाई यसरी पुराएका छन् भनि सन्टुष्ट हुन पर्छ। तर मिहिनेत गर्न छाड्नु हुँदैन। पुराना असफलतालाई केलाउदै लक्ष्यमा पुग्न पर्छ।

६.    लागूपर्दाथ तथा दुव्र्यसनिबाट टाढा रहने 
        कति मानिसमा रक्सी पिउने बानी हन्छ। विस्तारै यी मानिस बिहान देखिनै रक्सी लिने र दिनादिन रक्सीको मात्रा बढाउँदै जान्छन्। अनि रक्सीको मातमा झगडा गर्ने, श्रीमतीसंग शंका गर्ने कहिलेकाँही डराउने, घरबाट भाग्ने, छारे रोग जस्तै गरि ढल्ने गर्छन। त्यस्तै कति मानिस लागूऔषधि दुव्र्यसनिमा फस्छन्। जसले गर्दा दैनिक  २–४ हजार रकम यसमा खर्च गर्न पुग्छन् साथै अनैतिक काम गर्न बाध्य हुन्छन्। यस्ता मानिस एड्स तथा हेपाटाइटिस “बी” जस्ता रोगबाट पनि ग्रसित हुन पुग्छन्। सुई साटासाट गर्ने, छाडा यौन सम्र्पक गर्ने, ड्रग्स लिन रकम जुटाउन चोरी गर्ने पनि गर्छन। त्यसैले यस्ता वस्तुवाट सधै टाढा रहनु पर्छ।

७.    दैनिक जीवनमा स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ
    समाजमा ठूलाले सानालाई हेप्ने आफूमात्र समाजमा प्रतिष्ठित बन्न खोज्ने, अर्कालाई हेप्ने, अर्कालाई उचित व्यवस्था मिल्नबाट अवरोध गर्ने पनि पाइन्छ। जुन अपराधिक मानिन्छ। यस्तो वातवरणको सधै अन्त्य गर्नुपर्छ। समाजमा स्वस्थ्य प्रतिस्पर्धा भएमा सबै मानिसले उतिकै क्षमता विकास गर्न सहयोग मिल्छ। कसैलाई डर हुँदैन, सबैको कल्याण हुन्छ। यस्तो वातवरण बनाउनु समाज तथा राष्ट्रको कर्तव्य हो। 

८.    अति नैतिकवान नबन्ने तथा अरुबाट पनि त्यस्तो आशा नगर्ने 
        समाजमा कोही मानिस अतिनै नैतिक हुन्छन्। यस्ता मानिस हरेक काममा अतिनै सचेत हुन्छन् अरुलाई कुनै प्रकारको मर्का नपरोस भनि हरेक क्षणमा ध्यान पुर्याउछन् तर समाज त्यस्तो छैन र समाजबाट यस्ता मानिसले धोका पाउँछन् र मन दुखाउन पुग्छन्। मनोरोग लाग्न पुग्छ। त्यसैले हामी केहि हदसम्म तलमाथि हुनु पर्ने हुन्छ न कि हरेक कुरा अत्यान्तै ठिक संग चल्नपर्छ, मानिस अनुसार नै हुन पर्छ। केहि मानिसलाइ आफूले गरेको बाहेक अरुले गरेको काममा चित्त बुझ्दैन। त्यसैले यस्ता मानिस आरुले गरेको काम सच्याउने गर्छन जस्तै कोठा सफा  गरेको मन नपर्ने, आफैंले सफा गर्नु पर्ने। यस्तो हुँदा दैनिक जीवनमा अफ्ठ्यारो महसुस हुन्छ। त्यसैले केहि हदसम्म अर्काले गरेको कामलाई पनि अचित स्थान दिनु पर्ने हुन्छ।
    समाजमा अति नैतिक भई बाँच्न गाह्रो छ। त्यसैले आफू पनि परिवर्तन हुनपर्छ र समाज अनुसार चल्नु पर्छ।

९. मनका कुरा अरुलाई भन्ने बानी गर्ने    
    हामीमा ठूलो समस्या आउदा पनि अरुलाई नभन्ने बानी हुन्छ जसले गर्दा मनमा अशान्ति फैलिन्छ। हावा भरिएको प्रेसर कुकर झैं विस्फोट हुने वा अचानक सिठ्ठी लाग्ने ठूलो हलचल हुने जस्तो हाम्रो शरीरमा पनि हलचल हुन सक्छ। काम नबने हातखुट्टा नचल्ने भइ हामी बिरामी पर्छौं। त्यसैले मनमा रहेको कुरा जसले पनि आफूलाई तनाब बढाउँछ त्यस्ता कुरा आफ्नो मन खाने मानिसमा भन्नुपर्छ, आफ्नो मनको बेदना अरुलाई व्यक्त गर्दा मन शान्त हुन जान्छ। 

१०. पहिले पहिले मानसिक रोग भनिन्थ्यो तर अहिले मनोरोग भनिने गरिन्छ। मनोरोग भनेको अति समरुप टेन्सन हुने देखि कडा रोग सिर्जोफोनिया सम्म पर्छ।  त्यसैले अति सामान्य रोग देखि कडा रोग सम्मका बिरामी यसमा पर्छन्। डिप्रेसन रोग लागेका विरामीमा यस्तै चिन्ता हुन्छ कि मेरो दिमाग नै आउट हुन्छ तर त्यस्तो हुँदैन। त्यसैले आत्तिन हुँदैन। सामान्य मनोरोग लोगेका विरामीले अनावश्यक चिन्ता लिनु हुँदैन। 

(डा सेडाई नशा तथा मानसिक रोग विशेषज्ञ हुन्।) swasthyakhabar