December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

कोभिड महामारीमा समाजिक संजालको भूमिका

  • भरत गौतम

विश्वमा देखिएका प्लेग, सार्स, इबोला जस्ता रोगहरुको प्रकोपले महामारीको रुप लिएको थियो। एक क्षेत्रबाट अर्को क्षेत्रमा सहजै सर्ने वा बिस्फोटको रुपमा देखिइ आम मानिसको जीवन अस्वस्थ भइ  मृत्यूदर बढ्दै जाने स्थितिलाई महामारी भन्ने गरिएको छ। नागरिकको जनजीवनमा अप्ठारो अवस्थाको अनुभूति हुनु, जन धनको क्षति हुनु र नियन्त्रण गर्न वा व्यवस्थापनमा कठिनाइ आउनु महामारीको संकेत हो। यस्तो स्थितिमा नागरिकहरुको स्वास्थ्यमा असहजता आई स्वास्थ्य व्यवस्थापन गर्न कठिनाइ हुने र स्वास्थ संकटको अवस्था पनि आउन सक्छ। महामारीले धेरै क्षेत्रलाई असर पारी जनजीवनमा काबू बाहिरको अवस्था सामना गर्नु पर्ने परिस्थिति सृजना हुन सक्छ। यस्तो विषम परिस्तिथिमा मानिसको जनजीवनमा डर, त्रास र भय सृजना भइ नागरिकमा मनोवैज्ञानिक असरहरु देखिन सक्छ। माहामारी काबू बाहिरको अवस्था आएमा स्वास्थ्य संकटकाल लगाई परिस्तिथिलाई नियन्त्रणमा लिनु पर्ने पनि हुन सक्छ।

Advertisement

हाल विश्व समूदायले कोभिडको महामारीलाई सामना गरिरहेको छ। प्राय सबै मुलूकहरु कोभिडको महामारीसँग जुधिरहेका छन्। केही राष्ट्रले कोभिडको महामारी आउने अवस्थासँग सर्तक हुने रणनीति तय गरी कोभिड महामारीलाई नियन्त्रण गर्न सफल भएको अवस्था पनि छ। कुशल शासन प्रणाली नभएका, स्रोत र साधन न्यून भएका तथा नागरिक सबल हुन नसकेका मुलूकहरु कोभिडको असरबाट आक्रान्त छन्। जिम्मेवारी बोध गर्ने राजनीति प्रणालीको अभाव, बिपद् व्यवस्थापन गर्ने सीपको कमी,नागरिक सचेतनाको कमी र कोभिडविरुद्धको खोपको अभावका कारण कोभिड महामारीको बढ्दो अवस्था रहेकोमा हाल खोपको प्रभावकारीता वा अन्य कारणले कोभिडको असर घट्दो वेभमा रहेको देखिएको छ।

नेपालको संविधानमा सूचनाको हक र स्वास्थ्य सम्बन्धि हकलाई मौलिक हक रुपमा राखिएको छ। महामारी रोक्न संक्रामक रोग नियन्त्रण ऐन कार्यान्वयनमा छ। केन्द्रीय तहमा केन्द्रीय व्यवस्थापन समिति र जिल्लामा जिल्ला कोभिड व्यवस्थापन समितिको व्यवस्था गरि कोभिड नियन्त्रणमा जोड दिइएको छ। कोभिड नियन्त्रण गर्न विभिन्न नीति र कार्यविधी बनाइ लागू गरिको छ। विभिन्न शासकीय अंगहरु कोभिडविरुद्ध एक जूट भइ लागेका छन्।

महामारीमा नागरिकलाई सूसुचित गर्न सूचना र संचारको ठूलो भूमिका रहन्छ। आम नागरिकलाई महामारीविरुद्ध सर्तक राख्नु, स्वास्थ मापदण्डको पालना गराउनु,  महामारीविरुद्ध सहयोग र सद्भाव राख्ने, नागरिकलाइ सकारात्मक सूचना र संदेश प्रवाह गरी सचेत बनाउनु, शासन नागरिक मैत्री गराउन शंखघोषको भूमिका निर्वाह गर्ने र सबै क्षेत्रलाई महामारीमा सतर्क भइ सकारात्मक वातावरण बनाउन संचार क्षेत्रले आफ्नो दायित्व निर्वाह गर्नु पर्दछ। महामारीमा सही सूचना र संदेशप्रवाह गरी नागरिक सशक्तिकरण गर्ने जस्ता कामहरु संचार गर्नु संचार क्षेत्रको दायीत्व पनि हो। यस्तो अवस्थामा संचार क्षेत्रले महामारीविरुद्ध होसियारी र सर्तक गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ। 

आम संचारक्षेत्रमा सामाजिक संजालको महत्वपूर्ण भूमिका रहेको छ। सामाजिक संजाल महत्वपूर्ण सूचना र संदेशलाई प्राप्त गर्न, प्रतिक्रिया दिने र अरुलाई सूचना प्रवाह गर्ने उपयुतm माध्यम पनि हो। आधुनिक सूचना र संचारको क्षेत्रमा समाजिक संजालले सूचना र सन्देशलाई सबैको पहुँचमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। 

संचार क्षेत्रमा सामाजिक संजालले धेरै सकारात्मक प्रभाव पारेको छ। समाजिक संजालका विभिन्न रुप भएता पनि बढी प्रयोग हुने युट्युब, ह्वाट्सएप, फेसबुक, टुइटर, इन्स्टाग्राम, टिकटक रहेको पाइन्छ। यी समाजिक संजालबाट सूचना र सन्देशहरु पोष्ट गर्ने, सूचनाहरु तुरुन्त पाउने, प्रतिक्रिया दिन सकिने, आफ्नो संजालमा सूचना र सन्देश सेयर गर्न सकिने सुविधाहरु हुन्छन्। सूचना र सन्देशहरुको भरपुर उपयोग गरी सूचनाबाट अधिक फाइदा लिन सकिन्छ। कोभिडको माहामारीमा सामाजिक संजाल सूचना र सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम पनि हो। मानिसको जमघटलाई निरुत्साहित गरी महामारीविरुद्धका सूचना प्रवाहबाट आम नागरिकलाई सूसुचित गर्न सकिन्छ। कोभिड प्रभावितलाई सामाजिक संजाल मनोरन्जनको साधनको रुपमा उपयोग गरी फाइदा लिन मद्दत पुग्छ।

विश्वमा देखिएको कोभिड महामारीले मानिसको निकटताको बदला दुरता र एक्लोपनलाई पे्ररित गरेको हुँदा यस्तो अवस्थामा समाजिक संजालको सदुपयोगले एक्लोपनाको साथी भइ कोभिडको संक्रमण बढ्न नदिन जोड दिएको छ। कोभिडको महामारीविरुद्धका असल अभ्यासका सूचना र संदेशहरु तुरुन्तै हेर्न सकिने र अरुलाई पठाउन सकिने हुँदा महामारीविरुद्ध प्रतिकार्य गर्न तथा मानिसको आनीबानीमा सुधार गर्न मद्दत गरेको अनुभूति भएको छ। कोभिडका बारेमा आएका तथ्यपूर्ण सूचना र संदेशले कोभिडका विरुद्ध मनोवल बढाएको छ र स्वास्थ्य सर्तकता अपनाउन प्रेरित गरेको छ। अस्वस्थ अवस्थामा रोमान्टिक वातावरण बनाइ तनाव मुक्त राख्न समाजिक संजाल अचुक अस्त्रको रुपमा लिइएको पाइन्छ। विश्व समूदायमा कोभिडविरुद्धका ताजा खबरहरु सुन्न र देख्न समाजिक संजाल उपयुक्त साधन भएको छ। बिरामी अवस्थामा औषधि प्रयोग गर्ने, के खान हुने र नहुने, बिरामी अवस्थामा पालना गर्नु पर्ने बिषय जस्ता सूचना प्राप्त गर्न सामाजिक संजालले सहयोग पुर्याएको छ। 

सामाजिक संजालले विकृतिहरु फैलाएको आरोपहरु धेरै छन्। कोभिड महामारीमा नकारात्मक सूचना र संदेश प्रवाह गरी मानिसमा तनाव फैलाएको, गलत सूचना र संदेश प्रवाह गरेको, महामारीको अफाह फैलाएको जस्ता आरोपहरु छन्। यस्तो अवस्था सामाजिक संजालको नियमनको कमजोरीका कारण भएको हो भन्ने आरोप छ। नियमन गर्न कानूनको अभाव, नागरिकको न्यून जिम्मेबारी बोध, दण्ड र सजायको अवस्था कमजोर आदि कारणले सामाजिक संजालको फाइदा लिन नसकेको अवस्था एकातिर छ भने अर्कोतिर मानिसहरु नकारात्मक सूचना र संदेशमा भुल्न थालेको अनूभूति पनि भएको छ। समाजिक संजालको समाचार र सूचनाका बिषयमा आधिकारिताको प्रश्न उठेको छ। सामाजिक संजाललाई दुरुपयोग गरी आफ्नो स्वार्थ पूर्ति गर्ने कामहरु पनि भएका छन्। गलत समाचार, सूचना र संदेशले गर्दा सामाजिक विकृतिको अखडा सामाजिक संजाल भएको आरोप छ। कोभिड जस्तो महामारीमा मानिसका दुखमा सहयोग र सद्भाव बढाउनु पर्नेमा झन् पिडाबोध गर्नु परेकोले सामाजिक संजालको महत्व घड्दै जाने अवस्था पनि हुन सक्छ।

कोभिड महामारीमा सामाजिक संजालबाट कसरी फाइदा लिने भन्ने विषय महत्वपूर्ण छ। शासन संचालनमा महामारीको बेला महत्वपूर्ण सूचना प्राप्त गर्ने, महामारी नियन्त्रण गर्न उपयुक्त योजना, रणनीति तय गर्ने, स्रोत र साधनको उपयुक्त व्यबस्थापन गर्ने, विश्वमा भएका सफल अभ्यासहरुको अनुकरण गर्ने, नागरिक जागरण ल्याउने, कोभिडविरुद्धका नयाँ खोज र अनुसंधानका बारेमा जानकारी राख्ने जस्ता विषयहरुमा सामाजिक संजालबाट सहयोग लिन सकिन्छ। स्वास्थ्य क्षेत्रको आफ्नो संजालमा तुरुन्त सूचना पुर्याउन र प्राप्त गर्न भरपर्दो माध्यम समाजिक संजाल हुन सक्छ। यी सबै कोभिड माहामारीविरुद्धका कुशल व्यवस्थापनका अस्त्र हुन। आमनागरिकले आफूलाई सबल बनाउन सामाजिक संजालका सूचना र संदेशहरुबाट राम्रा कुराहरु ग्रहण गर्ने र आनीबानीमा सुधार गरी कोभिड महामारीबाट जोगिने विषयमा सक्रियता देखाउनु पर्दछ। एक आपसमा सहयोग र सद्भावले मानवताको दुःख र मर्मलाई कम गर्ने हुदाँ ती विषयमा समाजिक संजाललाई उपयोग गरी आपसी सहयोग बढाउन जोड दिनु पर्छ। महामारीमा प्रभावित बिरामीले सामाजिक संजालका सूचना र संदेशबाट स्वास्थ पीडा कम गर्ने स्रोतका रुपमा लिई सोही अनुसार आफूलाई सक्रिय बनाउनु आवश्यक छ। सामजिक संजालका नकारात्मक सूचना र संदेशबाट टाढा रही बिरामीले आफ्नो आत्मबल ह्रास गराउने काम गर्नु हँदैन। 

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुले कोभिड महामारीको जोखिमलाई  कम गर्न एवं स्वास्थ्य संस्था र नागरिक बिचको असल सम्बन्ध कायम गर्न उपयुक्त सूचना र संदेशलाई ग्रहण गरी काम गर्ने तौर तरिकामा सुधार गर्दा राम्रो परिणाम आउन सक्छ। विश्वका स्वास्थ्य संस्थाहरुले कोभिडविरुद्ध गरेका असल अभ्यासहरुको सामाजिक संजालमा खोजि गर्ने र असल कामको बिरामी उपचारमा अनुकरण गर्नु गराउनु पर्दछ। स्वास्थ्य सम्बन्धी भेटिएका राम्रा र अनुकरणीय कामको अरुलाई उपयोग गर्न सूचनाका रुपमा समाजिक संजालमा पठाउनु बनी बसाउनु पर्छ।

कोभिड महामारी एउटा आपत कालीन अवस्था हो। यस्तो स्थितिमा तनाबले गर्दा कोभिड महामारी व्यवस्थापन शीपमा कमि कमजोरीहरु देखिन सक्छन्। आफ्नो शीप र क्षमताले काम गर्दा अपुरो र पर्याप्तता हुन सक्छ त्यसैले अरुले गरेका सफल अभ्यासहरुको अनुकरण गरी आपूmलाइ सक्षम रयोग्य बनाइ सेवा गर्दा अधिक सन्तुष्टी प्राप्त हुन्छ।

कोभिड महामारीको दोस्रो लहर पछि तस्रो लहर आउने अनुमान गरिएको छ। तेस्रो लहर झन् कठिन हुने अनुमान छ। यस्तो स्थितिमा कसरी सुरक्षित हुने विषयमा सूचनाहरुको आवश्यकता पर्दछ। ती सुचनाहरु समाजिक संजालबाट प्राप्त हुन सक्छन्। कोभिडको तेस्रो र चौथो लहरको जोखिम कम गर्न आजबाटै होसियारी अपनाउन समाजिक संजालको भरपूर उपयोग गर्न सकिन्छ। कोभिडको नयाँ भेरिन्ट आउन सक्ने र उक्त भेरिन्टका बारेमा थप जानकारी समाजिक संजालबाट लिन सकिन्छ। कोभिडको आउने लहरमा हुन सक्ने संक्रमण र त्यसको प्रतिकार्यका लागि संस्थागत र व्यक्तिगत सचेतता अपनाउन तथा राम्रो तयारी गर्न समाजिक संजालबाट सहयोग लिन सकिन्छ।

कोभिडको वेभ कम भएता पनि यसको जोखिम कम गर्न सकिएको छैन। कोभिडविरुद्ध वास्तबिक सूचनाहरुसँग मानव समूदाय नजिक रहनु पर्दछ। समाजिक संजाल असल अभ्यास ग्रहण गर्ने माध्यम हुन सक्ने हुँदा यसको उपयोग बढाइ कोभिडको विपद् जोखिम न्यूनिकरण गर्न जोड दिन तत्पर हुन आवश्यक छ। आमनागरिकले पनि कोभिड महामारी जस्तो असहज परिस्थितिलाई सहज स्थितिमा ल्याउन सामाजिक संजालका राम्रा संदेश र सूचनालाइ ग्रहण गरी आफूलाई सबल बनाउन जोड दिनु पर्दछ। swasthyakhabar