May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

बाघ देखाउन सिपालु भीम

भैरहवा- जिल्लाको ठाकुरबाबा–९, बेतनीका ३२ वर्षीय भीम चौधरी गाडी चालक हुन् । गुजाराका लागि चालक पेशामा छन् । उनको रुची वन र वन्यजन्तु अवलोकनमा छ । उनी नेचर गाइड (पथप्रदर्शक) हुन् । जुलोजिक सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल अन्तर्गत बाँकेको कोहलपुरस्थित फिल्ड अफिसमा चालक पदमा उनी कार्यरत छन् । निकुञ्जसित गाँसिएको गाउँमा जन्मिए । हुर्कदैं गएपछि चरा, प्रकृति र वन्यजन्तुमा मन डुल्न थाल्यो । परिवार आर्थिक समस्यामा परेपछि पढाईलाई निरन्तरता दिन सकेनन् ।

Advertisement

‘त्यसपछि गाडी चलाउन थालेँ,’ उनले भने, ‘स्टेरिङ घुमाउँदै चारैतिर आँखा डुलाउँछु, चरा, वन्यजन्तु, सरिसृप र उभयचर पाहुनालाई देखाउँछु ।’ वन्यजन्तु देख्नासाथ गाडी रोक्छन् । तस्बिर खिच्छन् । गाडीमा सवार पाहुनालाई वन्यजन्तुबारे जानकारी दिन्छन् । पाहुनालाई दूर्लभ वन्यजन्तु देखाउनु उनको दैनिकी बनेको छ । पेशाले चालक भए पनि उनको कर्म प्रकृति पथ प्रदर्शन हो ।

Advertisement

६ वर्षदेखि जेडएसएलको गाडी चलाइरहेको उनले बताए । त्यसअघि पाँच वर्ष राईनो रिसोर्टको जंगल सफारीमा जाने गाडी चलाएको उनले बताए । त्यसक्रममा चरा, वन्यजन्तु र उभयचरबारे ज्ञान हासिल गरेको उनले बताए । अहिले बर्दिया निकुञ्जमा पाइने दुई सय भन्दा बढी वन र पानी चरा पहिचान गर्न सक्ने उनी बताउँछन् । ‘कतिपयको आवाज सुनेरै चिन्छु,’ उनले भने, ‘केहीको रंग र बनौट हेरेर ठम्याउँछु ।’

पंक्षीका नेपाली र अंगे्रजी नाम मुखाकार छन् । चराबारे छोटो जानकारी पनि दिन्छन् । रैथाने, आगन्तुक चरा पनि छुट्याउँछन् । वन, घाँसे मैदान र नदीखोला तटीय क्षेत्रमा बस्ने चराको पनि फरक छुट्याउन सक्ने उनले बताए । निकुञ्ज भित्र दिनमा ४ पटकसम्म बाघ देखेको उनले सुनाए ।

‘अहिलेसम्म ७० पटक भन्दा बढी बाघ देखिसके,’ उनले भने, ‘तर, हात्ती मचानबाट ३ वटा डमरुसहितको बाघ देखेको क्षण अविस्मरणीय छ ।’ डमरुसहितको बाघ देखेपछि रोमाञ्चित बनेको उनी बताउँछन् । त्यसबेला संगै गएका विदेशी पाहुना खुसीले उफ्रिएको देखेको उनले बताए । खुसी भएका पाहुनाले अतिरिक्त रकम दिएको उनले सुनाए । अर्कोपटक निकुञ्ज सफारीमा गएका बेला हात्ती र बाघ मचानका बीचमा बाघले चित्तल शिकार गरिरहेको देखेको क्षण जीवनमे भुल्न नसकिने मध्येको भएको उनले बताए ।

alb{of /fli6«o lgs’~hdf rfns eLd rf}w/L . tl:a/M dgf]h kf}8]n÷sflGtk’/ -;dfrf/ klg5 ._

‘निकुञ्ज जाँदा सधैं रोमाञ्चित हुन्थे,’ उनले भने्, ‘तर, एक पटक जंगली हात्तीले २ सय मिटर लखेटेपछि भने सातोपुत्लो उडेको थियो ।’ उनी लगनशिल, जिज्ञासु र शान्त स्वभावका देखिन्छन् । निकुञ्ज जाने भने पनि सबै काम छाडेर हिँड्ने गर्छन् । अहिले पनि बर्दिया निकुञ्ज, प्रकृति संरक्षण कोष र जेडएसएलमा कोही महत्वपूर्ण व्यक्ति आए सफारीका लागि उनको खोजी हुन्छ । बर्दिया मात्र हैन् कंचनपुरको शुक्लाफाटा निकुञ्जका बारेमा उनी जानकारी छन् ।

दुबै निकुञ्ज भित्रका कुनाकुनाको भूगोलबारे सजिलै जानकारी गराउँछन् । ‘बाघ देखाउन शुक्लाफाँटा पनि पुग्छु,’ उनले भने, ‘संघीय, प्रदेश मन्त्रालयका मन्त्री र सचिबज्यूले मलाई नै खोज्नु हुन्छ ।’ चरा, वातावरण र प्रकृति क्षेत्रमा कलम चलाउने धेरै संचारकर्मीलाई पनि उनले घुमाएका छन् । वन्यजन्तु र चरा बारे अध्ययन गर्न आउने विदेशीको रोजाईमा उनी नै पर्छन् ।

‘धेरै प्रोफेसर, वन्यजन्तुका विद्यार्थीलाई गाईड गरेको छु,’ उनले भने, ‘गाइड गर्न थालेपछि अंग्रेजी बोल्न सिकेको हुँ ।’ १० वर्ष अघि बाघको बृत्तचित्र बनाउन आएको जेब्रा च्यानलको टोलीलाई चौधरीले गाईड गरेको सुनाए । ‘निकुञ्ज छिरेको एक घण्टामै उक्त टोलीलाई बाघ देखाएपछि उत्साहित भएको थियो,’ उनले भने, ‘उनीहरुले चाहेजस्तो भिडियो खिच्न पाएका थिए ।’ साढे दुइ महिना अघि जर्मन राजदूत डा. थोमस प्रिन्ज, वन्यजन्तु निकुञ्ज विभागका पूर्व महानिर्देशक महेश्वर ढकाल र विभागका उपमहानिर्देशक डा. अजय कार्कीलाई उनैले घुमाएका छन् ।