मर्चवारबासीले बालेन सरकार बनाउने मौका चुकाउनुहुन्नः रास्वपा उम्मेदवार बनिया


मर्चवार– रुपन्देही क्षेत्र नम्बर ४ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार कन्हैया बनियाले क्षेत्रबासीले यसपटक बालेन्द्र साह (बालेन) सरकार बनाउने ऐतिहासिक मौका नगुमाउने बताएका छन् । उनले वर्षौंदेखि मुलुकमा सत्ता संचालन गरेका र मर्चवारबाट निर्वाचितहरुले केही काम गर्न नसकेको जनाउँदै ‘अबकी बार बालेन सरकार’ भन्ने भावना मनमनमा बसिसकेको दावी गरे ।
‘देश र क्षेत्रको विकास गर्ने भनेकै रास्वपा, सभापति रवि लामिछाने र बरिष्ठ नेता साह नै हुनुहुन्छ, अब उहाँहरुको विकल्प छैन भन्ने भावना क्षेत्रबासीमा छ’, बनियाले भने, ‘मर्चवार कसका कारण पछाडी पर्यो, कसले विकासका नाममा भ्रष्टाचार गरे, कसले क्षेत्रभन्दा आफन्त र आफ्नो स्वार्थ हेरे भन्ने कुरा मर्चवारबासी राम्रोसँग बुझ्नु भएको छ’, बनियाले भने, ‘त्यसैले यसपटकको मत परिवर्तनको पक्षमा आउँछ ।’
उनले आफू छोटो समय प्रदेश सभा सदस्य हुँदा मर्चवारको विकासमा लागि निरन्तर आवाज उठाएको जनाए । तर, आफ्नो आवाज कसैले नसुनेकाले यसपटक सबैजना परिवर्तनको पक्षमा लागेको सुनाए । ‘पार्टी सभापति र बरिष्ठ नेताले मर्चवार परिवर्तन गर्न, यहाँको विकास र जनभावना अनुसार काम गर्न मलाई अगाडि सार्नुभएको हो’, उनले भने, ‘म यसका लागि तयार भएँ, विकास र सुशासनसहितको मर्चवार विकासको पाइला अघि बढीसकेको छ ।’
बनियाले आफूले घरदैलो गर्ने क्रममा सबैको घरघर र मनमनमा बालेन साह र घण्टी छाप भन्ने पाएको जनाए । ‘जहाँ जान्छु यसपटक तपाईं नै हो, बालेनलाई प्रधानमन्त्री बनाउनु छ भन्नुहुन्छ’, उनले भने, ‘मर्चवार अब पहिलेको जस्तो रहेन । सधै दास बन्ने अवस्थामा मर्चवार छैन । त्यसैले यसपटक परिवर्तनको नारा गुन्जिरहेको छ ।’
बनियाले विकासका हिसावले पछाडी परे पनि अन्य हिसाबले मर्चवारबासी सचेत भइसकेको जनाए । सडक पूर्वाधार, खानेपानी, सिंचाई, मलबीउ, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रमा आफू निर्वाचित भए पनि र बालेन साह प्रधानमन्त्री भएपछि परिवर्तन हुने जनाए । यसैले सबैको बलियो साथसहयोग आफूले पाइराखेकाले जित नजिक रहेको बनियाको भनाई छ ।
रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै








प्रतिकृया दिनुहोस्