रास्वपासित अन्य दलको प्रतिस्पर्धा छैनः कन्हैया बनिया


भैरहवा– रुपन्देही–४ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार कन्हैया बनियाले आफ्नो क्षेत्रमा रास्वपासित कुनै दलको प्रतिस्पर्धा नरहेको बताएका छन् । प्रत्येक घरमा युवा, बालेन र रवि लामिछाने बनेर पार्टी समर्थक रहेकाले अन्य दलहरुसित प्रतिस्पर्धा नरहेको उनले बताए ।
मुलुकभर सबैले परिवर्तन चाहिरहेकाले सबै मतदाता घण्टी चुनाव चिन्हको पक्षमा रहेको उनको भनाई छ । ‘सबै पार्टी चुनाव लडिरहेका छन् । भोट पनि मागिरहेका छन्,’ उनले पब्लिक कुरासित भने, ‘तर, देश र क्षेत्रको माहोल परिवर्तनको पक्षमा छ ।’
जेनजी आन्दोलनको घटनाक्रमपछि आम जनता र युवाले मुलुकमा शासन गरेर भदौं २३ र २४ मा ज्यान गुमाएका युवालाई न्याय दिनुपर्ने सोच राखिसकेको उनले बताए । रास्वपालाई भोट हालेर हिंसाको बदला पूरा गर्ने सोंचमा नागरिक रहेको उनले जनाए । ‘त्यसैले लोकतान्त्रिक पद्धतिमार्फत शासन परिवर्तन गर्न लागेका छन्,’ उनले भने, ‘यस्तो लहरमा अरु दलको गणना नै छैन ।’
नागरिक पुराना दल र नेताबाट अजित भइसकेकाले सबैलाई नयाँ सरकार, बालेन सरकार र परिवर्तनको सरकार चाहिएको उनले बताए । ‘सबैको सोंच पनि परिवर्तन हो । त्यसैले हामीले परिवर्तन ल्याएर छाड्छौं,’ उनले भने, ‘यसका लागि स्वदेश तथा बिदेशबाट नेपालीहरु एकजुट भएर लागेका छन् ।’
घरदैलोका क्रममा घरघर पुग्दाखेरि ‘बुढाबुढी’ले रोएर बाबु तिमिलाई जिताएर नयाँ सरकार बनाउँछौं भनिरहेको उनले बताए । ‘तिमिले हाम्रा छोराछोरीको सपना पूरा गरिदिनु भनिरहेका छन्,’ उनले भने, ‘बिदेशबाट युवाहरुले रोएर फोन गरिरहेका छन् । रुँदैं आफ्ना अभिभावकसित रास्वपालाई भोट हाल्नु भनिरहेका छन् । कति जनासित त मैले पनि कुरा गरेको छु ।’
यसपाली जसरी पनि रास्वपालाई जिताउनु पर्छ भनेर बिदेशबाट फोन गरिरहेको उनले बताए । मुलुकमा बेरोजगार भएकाले देश छोडनु परेको पीडा सुनाउँदैं उनीहरुले आफ्नो आमाबुवालाई रास्वपालाई मतदान गर्न भनिरहेको उनले जनाए ।
सबैंको साझा सपना भनेकै मुलुकको शासन व्यवस्था परिवर्तन रहेको पाएको बनियाको भनाई छ । ‘मुलुकमा सुशासन कायम भएर भ्रष्टाचार अन्त्य हुने विश्वास गरिरहेका छन्,’ उनले भने, ‘रोजगारी, स्वास्थ्य, शिक्षाको व्यवस्था हुन्छ । मुलुक सुध्रिन्छ भनेर जनताले आशा गरेका छन् ।’ यही सोंचलाई कसरी मतदानको दिनसम्म टिकाउन सकिन्छ भनेर आफू लागेको उनले बताए । मुलुकभर रास्वपाको माहोल भएकाले आफ्नो जित सुनिश्चित भइसकेको बनियाको भनाई छ ।
रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै








प्रतिकृया दिनुहोस्