March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

आवाजले नियन्त्रण गर्ने ब्याक्टेरिया जसले गर्नेछ क्यान्सरको उपचार !

किमोथेरापीको आविष्कारसँगै यो क्यान्सरको उपचारको एक प्रमुख विधि बनिरहेको छ । तर किमोथेरापीका विभिन्न नकारात्मक असर हुन्छन् । क्यान्सर कोषिकालाई मार्ने क्रममा यसले सरीरका अन्य धेरै कोषिकालाई पनि क्षति पूराउँदछ ।

Advertisement

किमोथेरापीबाट मानिसको कपाल झर्दछ, पेटका कोषिकाहरु पनि क्षतिग्रस्त हुन्छन् । विभिन्न जटिल साइड इफेक्ट हुने किमोथेरापीको विकल्प खोज्ने क्रममा वैज्ञानिकहरुले एउटा उत्कृष्ट विकल्प पत्ता लगाएका छन् ।

Advertisement

वैज्ञानिकहरुले जेनेटिक इन्जिनियरिङ प्रविधिबाट यस्तो ब्याक्टेरियाको निर्माण गरेका छन् जसले क्यान्सरको उपचार गर्न सक्दछ । यो ब्याक्टेरियाको अनौठो विशेषता के भने आवाजले यसलाई नियन्त्रण गर्न सकिन्छ । यसले शरीरका अन्य कोषिकालाई हानी नगरिकनै क्यान्सर कोषिकालाई नष्ट गरिदिन्छ ।

Nature Communications जर्नलमा प्रकाशित रिपोर्ट अनुसार अमेरिकाको होवार्ड ह्यू मेडिकल इन्स्टिच्यूटमा रासायनिक इन्जिनियरिङका प्राध्यापक मिखाइल शापिरो नेतृत्वको टोलीले उक्त विशेष खालको ब्याक्टेरियाका विकास गरेको हो । त्यसक्रममा उनीहरुले इ कोली ब्याक्टेरियाको एउटा नश्ललाई विशेष ब्याक्टेरियामा परिणत गरे जसले क्यान्सर कोषिकामा पुगेर त्यससँग लड्दछ ।

Sound Controlled Bacteria

एकपटक जब जेनेटिकल्ली मोडिफाइड ब्याक्टेरिया क्यान्सर बिरामीको शरीरमा हालिन्छ तब यो क्यान्सर ट्युमरभित्र गएर क्यान्सर कोषिकाबीच आतंक मच्चाउँदछ । लक्षित क्यान्सर कोषिकासम्म पुगेपछि यसले लगातार क्यान्सर प्रतिरोधी रसायन छाड्न सुरु गर्दछ जसलाई अल्ट्रासाउण्ड तरंगबाट उत्प्रेरित गर्न सकिन्छ । अर्थात् अल्ट्रासाउण्ड तरंगको आवाज सुनेर ब्याक्टेरियाले क्यान्सरविरुद्धको औषधि लगातार निकाल्दछ ।

मिखाइलले क्यान्सर विरुद्ध लड्नका लागि तयार पारेको ब्याक्टेरिया इ कोली चिकित्सा प्रयोगका लागि अनुमति लिएको ब्याक्टेरिया हो । यसको नाम निसल १९१७ हो । रक्तनलीमा यो ब्याक्टेरिया हालेसँगै यो तिव्र गतिमा सरीरभर फैलिन्छ । तर सरीरको प्रतिरोधक क्षमताले अधिकांश ब्याक्टेरियालाई मारिदिन्छ । केवल ती ब्याक्टेरिया मात्र बाँच्दछन् जो क्यान्सर कोषिकासँग लड्नका लागि यस कोषिका नजिक कोलोनी बनाएर बसेका हुन्छन् ।

Sound Controlled Bacteria

इ कोली ब्याक्टेरियालाई क्यान्सरको उपचारका लागि उपयोगी बनाउन वैज्ञानिकहरुले यसका दुईवटा जिनमा परिवर्तन गरेका छन् । एजेन्सीको सहयोगमा