April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

टाइगर प्यालेसलाई अदालतको अपहेलनामा जरिवाना, शेयर बिक्री बदर

भैरहवा– रुपन्देहीको तिलोत्तमा–१७, मा रहेको बैदेशिक लगानीमा सञ्चालित पाँच तारे टाइगर प्यालेस रिसोर्टलाई अदालतको अपहेलना अभियोगमा जरिवाना गरेको छ । जिल्ला अदालतले गत सोमबार गरेको फैसलाले अपहेलना ठहर गरेको हो ।

Advertisement

अदालतले रिसोर्टका लगानीकर्ता टाइगर वान र सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिलाई तीन–तीन हजार रुपैयाँ जरिवाना गर्ने आदेश गरेको हो । यसअघि अदालतले जारी गरेको आदेशविपरीत रिसोर्टको शेयर खरिदबिक्री गर्न करार सम्झौता गरिएपछि लुम्बिनी नलकुप उपभोक्ता संघका अध्यक्ष स्थानेश्वर घिमिरेले गत साउन २८ गते जिल्ला अदालतमा उक्त रिसोर्टबिरुद्ध मद्दा दायर गरेका थिए ।

Advertisement

उक्त निबेदनमाथि सुनुवाई गर्दै अदालतले यस्तो आदेश गरेको हो । अन्तरकालीन आदेशबिपरीत भएको शेयर खरिदबिक्री करार सम्झौता पनि अदालतबाट बदर भएको छ । न्यायाधीश लीलाराज अधिकारीको इजलासले सोमवार रिसोर्टको शेयर खरिद बिक्रीको करार सम्झौतालाई बदर गरेको थियो । अदालतका श्रेष्तेदार शोभाकर खरेलले शेयर खरिदबिक्री र अन्य भौतिक संरचना सम्बन्धि कुनै पनि कार्य यथास्थितिमैं राख्न्नु भन्ने अन्तरकालीन आदेश (मुद्दाको पैmसला नहुञ्जेलसम्मका लागि) बिपरीत गरेको पाइएपछि यस्तो आदेश भएको बताए ।

अदालतको आदेशले बिपक्षीको तर्फबाट शेयर खरिद गर्ने र बिक्री गर्ने दुई पक्षबीचको सम्झौताले कानुनी मान्यता नपाएर शुन्यको अवस्थामा रहेको उनले बताए । रिसोर्टको शेयर खरिदबिक्री गरेको सम्बन्धि निवेदकको तर्फबाट अदालतमा पेश गरिएको कागजातमा ३ अगस्त २०२१ मा टाइगर टु प्राइभेट लिमिटेड र भुषाल एण्ड सन्स रियल स्टेट प्रालिबीच प्राइम कमर्शियल बैंक लिमिटेड मार्फत ११ करोड ७० लाख रुपैयाँको शेयर खरिद बिक्री गर्ने सम्झौता भएको देखिन्छ ।

निवेदकको तर्फबाट साविक टिकुलीगढ–९ ‘घ’ र हाल तिलोत्तमा नगरपालिका–१७ मा उक्त रिसोर्ट निर्माणको क्रममा कित्ता नम्बर १२०, १४८, १५२ र १९० का नहर (नलकुप) सार्वजनिक जग्गा र कित्ता नम्बर ७३ को सरकारी जग्गा समेत रिसोर्टको कम्पाउण्ड भित्र राखि होटल, क्यासिनो, रेष्टुरेन्ट, स्विमिङपुल प्रयोजनका लागि विभिन्न भवन, टहराको संरचना तयार गरि भोगचलन गर्दै आएको भन्दै तीन वर्ष अघि अदालतमा रिट परेको थियो ।