May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मिस युनिभर्स नेपाल सुजिता बनिन्

‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल भएकी छन्। पन्ध्र प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन्।

Advertisement

विजेताले १० लाख नगदसहित हीराजडित ताज लगाउन सफल भएकी छन्। उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्‍याएकी थिइन्।

Advertisement

शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो। उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

प्रतियोगितामा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो। नीनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप र डा केशु खड्का फोर्थ रनरअप घोषित भए।

प्रतियोगीका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत रहेका थिए।