सिद्धार्थनगरको ५७औं स्थापना दिवस, आज स्थानीय विदा
भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले स्थापना भएको ५७ वर्ष पुगेको छ । ५७औं स्थापना दिवसका अवसरमा आज नगरपालिकाले भैरहवास्थित महेन्द्र सभागृहमा विशेष समारोह गर्दैछ । यस अवसरमा नगरमा आज स्थानीय विदा दिइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार समेत रहेको नगरपालिकाले...