रासायनिक मलका कारण कलह (फोटो फिचर)


भैरहवा– धान उत्पादनका लागि प्रशिद्ध रुपन्देहीको मर्चवारका किसान रासायनिक मल अभावमा तड्पिरहेका छन् । जहाँ एकबोरा मल पाउँछ, त्यही लुछाचुँडी गर्न पुगिरहेका छन् । मल वितरणका लागि छनौंट भएका मर्चवारस्थित सहकारीमा पर्याप्त मौज्दात छैन । जसले गर्दा सहकारीका सदस्यबीच मलका लागि कलह सुरु भएको छ ।
सहकारीमा मल आएको खबर पाउनासाथ किसान लाइन लाग्न पुग्ने गरेका छन् । दिनरात लाम लागे पनि उनीहरुले आवश्यकता बमोजिम मल प्राप्त गरिरहेका छैनन् । अहिले सहकारीमा नाम मात्रको मल आपूर्ति भइरहेको छ ।
मल आपूर्ति नहुँदा किसान–किसान झगडा बढेको छ । सम्मरीमाई–७, बेतकुइँयास्थित श्री महालक्ष्मी स्वालम्वन वचत तथा ऋण सहकारीका व्यवस्थापक महेश लोधका अनुसार सहकारीले १० गाउँका १ हजार १ घरधुरीलाई मल वितरण गर्ने जिम्मा पाएको बताए ।

उक्त गाउँमा ८ सय बिघाभन्दा बढीमा धान रोपाइँ गरिएको छ । एक बिघाका लागि एक क्विल्टल युरिया आवश्यक पर्छ । यस हिसाबले सबै किसानलाई पुर्याउन ८ सय क्विन्टल मल आवश्यक रहेको उनले बताए । सबैलाई पुर्याउन कम्तिमा १ हजार ७ बोरा युरिया आवश्यक पर्छ । अहिलेसम्म कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङबाट गरेर साढे ८ सय बोरा मल आपूर्ति भएको छ ।

सम्मरीमाई–५, स्थित भवानी स्वालम्वन बहुउद्देश्यीय सहकारीका व्यवस्थापक अशोक तिवारीका अनुसार उक्त वडाका १ हजार ६ सय घर धुरीका लागि १० हजार बोरा मल आवश्यक छ । अहिलेसम्म एक हजार बोरा मल आपूर्ति नभएको उनले बताए । अहिलेसम्म ३ सय ४० बोरामात्र आएको छ ।’ प्रत्येक वर्ष सहकारीको कार्यक्षेत्रमा रहेका ११ टोलका लागि १० हजार बोरा मल आवश्यक हुन्छ । वर्षभरिमा मुश्किलले दुई हजार बोरामात्र आपूर्ति गरिन्छ । यसैले गर्दा मल देख्यो की किसान लुछाचुँडी गर्छन् ।



लुम्बिनीका तराईका जिल्लामा ‘नक्कली’ मल छ्यापछ्याप्ती, अनुगमन र नियन्त्रणको माग
मल नपाएपछि आक्रोशित किसानद्वारा बर्दियामा सरकारको बिरोध प्रदर्शन








प्रतिकृया दिनुहोस्