मल नपाएपछि आक्रोशित किसानद्वारा बर्दियामा सरकारको बिरोध प्रदर्शन


भैरहवा– धानको बीउ राख्ने बेलामा किसानले बीउ पाएनन् । खेत रोप्ने बेलामा लामो समयसम्म पानी नपरेर खडेरी पर्यो । किसानले पम्पसेट चलाएर जसोतसो गर्दै धान रोपे । अव धानमा मल हाल्ने बेला भयो, किसानले मल कतै पाउँदैनन् ।
स्वदेशमा मल नपाएपछि नेपाली किसान सिमावर्ती भारतीय बजारमा नै मलका लागि निर्भर हुनु पर्ने बाध्यता छ । भारतीय बजारमा पनि नेपाली किसानलाई मलखाद पाउन सहज छैन । भारतीय सुरक्षाकर्मीको आँखा छलेर र व्यापारी तथा आफन्ती नातेदारसँग व्यवस्था मिलाएर नेपाली किसानले भारतमा मलखाद पाउने हुन् । कि चलनचल्तीको मूल्य भन्दा धेरै मूल्य तिर्नुपर्छ ।
विभिन्न जुक्ती निकालेर बल्लबल्ल भारतीय बजारबाट मलखाद किनेर ल्याउन खोज्यो । आफ्नै देशमा लिएर आउन सकस । सिमाक्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी वा घुमुवा प्रहरीलाई हातमा पैसा थमाइदिनु पर्छ । कि उनीहरुको लाठीसम्म खानु पर्ने बाध्यता छ ।
संघ र प्रदेश सरकार भने जहिले पनि किसानको समस्या समाधान गर्न कटिबद्ध रहेको भन्दै सुशासन र समृद्धिको खोक्रा भाषण गर्न कहिल्यै पछि पर्दैनन् । संघ र प्रदेशका विभागीय मन्त्री बर्षेनि किसानको मलखाद समयमैं उपलब्ध गराउने भन्दै किसानलाई आश्वासन दिने क्रम यथावत् नै छ ।
सरकार र विभागीय अर्थात् कृषि मन्त्रीप्रति अव किसान आक्रोशित हुन थालेका छन् । मलखाद नपाएपछि हरेक जिल्लामा सरकारप्रति किसानको भरोसा टुट्दै जान थालेको छ । यसैको एएटा उदाहरण– बर्दिया जिल्लामा मलखाद नपाएका किसानले सरकार बिरुद्ध प्रदर्शन गरेका छन् । कृषिमन्त्रीको राजिनामा माग गरे । यो घटना हो आइतवार दिउँसोको ।
आक्रोशित किसानहरुले करिब दुई घण्टा जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका थिए । मलको चरम अभाव खेपिरहेका किसानहरु समयमा मलखाद नपाउँदा उत्पादनमा ह्रास आउने डरले चिन्तित बनेका छन् ।
‘कृषिमन्त्री राजीनामा दे’, ‘किसानलाई समयमा मलखाद दे’, ‘किसान एकता जिन्दावाद’ लगायतका चर्को नारा किसानले जिल्ला प्रशासन कार्यालय अगाडि २ घण्टासम्म घन्काइरहे ।
किसान जहिल्यै मर्कामा पर्ने गरेको गुलरिया नगरपालिका–७ का नरेन्द्र यादवले गुनासो गरे । ‘खडेरीको बेला जसोतसो बोरिङले सिंचाइ गरेर धान रोपाइ गरियो’, उनले भने, ‘अहिले धानमा मल हाल्ने बेलामा पैसा तिरेर किन्न खोज्दा पनि मल पाइएको छैन ।’
यस्तै अवस्था रहेमा भन्ने चिन्ता किसानमा छ । ‘कसरी आफ्नो बालबच्चा र परिवार पाल्ने ?’ सवै किसानले सामुहिक चिन्ता प्रकट गरे । गुलरिया नगरपालिका–७ का किसान सुनिल यादवले भने, ‘तर, एउटा सहकारीले ५० बोरा पाउँछ, त्यसले किसानलाई अपुग भइरहेको छ ।’
मलको लागि दुई सातादेखि भौतारिरहेको गुलरिया–१२ का सलिम शेषले बताए । ‘दिनहुँ गुलरिया बजार मलको लागि आउँछु,’ उनले भने, ‘तर, मलको कतै जुगाड भएन, निराश हुनुबाहेक बिकल्प केही छैन ।’
मल नपाएर किसानहरु प्रशासन आएको सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले बताए । किसान धेरै रहेको तर मल थोरै आउने गरेकाले अपुग हुने भनाइ उनको छ ।








प्रतिकृया दिनुहोस्