एउटा युवाको सपनाले खोलिएको सुविधासम्पन्न सिटी हस्पिटल



भैरहवा– अर्जुन पौडेलमा सानैदेखि तृक्ष्ण क्षमता थियो । ४३ वर्षीया युवा उनी भैरहवामा जन्मिए । सानैबाट उनमा स्वास्थ्य क्षेत्रमा केही नयाँ गरौं भन्ने थियो । त्यसैले उनले २००७ मा बंगलादेशबाट मास्र्टस अफ पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययन गरे । पछि पीजी डिप्लोमा इन हस्पिटल एडमिस्टे«सन विषय भारतमा अध्ययन गरे । ६ वर्षसम्म कलेजमा स्वास्थ्य विषयमा अध्यापन गराए । एनजीओ–आइएनजीओमा काम गरे, नयाँ अनुभव संगाले । बुवा जीवनाथ उपाध्याय र आमा स्व.सुमित्रा उपाध्यायका तीन सन्तान मध्येका पौडेल व्यवस्थापनमा पनि राम्रो दख्खल राख्छन् ।
अध्ययन त सके । तर, अध्ययनले मात्रै भएन, सानैदेखिको स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने सपनाले लखेटी रहेको थियो । भैरहवामा जन्मिएकाले यहाँको स्वास्थ्य सेवाबारे नजिकबाट बुझेका थिए । धेरै विरामी उपचारका लागि भारतीय अस्पतालहरुमा पुग्थे, कि त काठमाडौं धाउँथे । यसले उनलाई पिरोली रहन्थ्यो । त्यसैले उनमा राम्रो, गुणस्तरीय सेवासहितको सुविधा सम्पन्न अस्पताल खोल्ने इच्छा थियो । सिद्धार्थनगर–९ का बासिन्दा उनी आफ्ना अनुभवलाई भैरहवाको स्वास्थ्य क्षेत्रमा प्रयोग गरेर केही गरौं भन्ने लागिरह्यो ।
स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव संगालेका पौडेलले आँट गरे । आफ्ना सपना मर्न नदिने भन्दै साकार पार्न उनी तम्सिए । त्यसपछि पौडेलले आफ्ना केही साथीहरुसँग सल्लाह गरे । साथीहरुसँगको सहकार्य र लगानीमा २०६७ सालमा भैरहवाको नयाँ सडकमा सिद्धार्थनगर सीटी अस्पताल प्रालि स्थापना गरे । ‘अस्पताल स्थापना गर्दा म सायद जीवनकै सबैभन्दा बढी खुशी थिएँ, त्यो क्षण अहिले पनि सपना जस्तो लाग्छ’, पूराना दिन सम्झँदै उनले भने, ‘अहिले आएर त अस्पताल विशाल भएको छ, यसले मेरो सपना साकार मात्रै भएको छैन, यस क्षेत्रका बासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा लिइरहनुभएको छ ।’
उनकी श्रीमती विद्या गौतम पनि लामो समयदेखि स्वास्थ्य क्षेत्रमा आबद्ध छन् । गौतमले आईओएमबाट मास्र्टस इन नर्सिङ गरेकी छन् । जसले गर्दा पौडेललाई स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने आँटलाई झनै बल पुगेको छ । विभिन्न कलेजको प्रिन्सिपलदेखि म्यानेजमेन्टमा समेत राम्रो दख्खल भएकी श्रीमतीका कारण पनि आफूमा हौसला मिलिरहेको उनी बताउँछन् । त्यसैले त पौडेलले स्वास्थ्य क्षेत्रमा धेरैलाई समेटेर अब्बल अस्पताल बनाउन सफल भएका छन् ।

२०६७ सालमा नयाँ सडकमा स्थापित सिटी अस्पताल ६ महिनासम्म त्यहाँ संचालन भयो । त्यसपछि भैरहवाको लुम्बिनी रोडमा सर्यो । लुम्बिनी रोडमा करिब ९ वर्ष सेवा प्रदान गरेपछि अहिले आफ्नै सुविधा सम्पन्न भवन बनेको छ । भैरहवाको बुद्धचोकदेखि विमानस्थलको बीच भागअन्तर्गत मायादेवी गाउँपालिका–८ मा निर्मित नयाँ आफ्नै भवनबाट अहिले सेवा प्रवाह भइरहेको छ । २०७८ मा आफ्नै भवन बनाएर सिटी अस्पतालले अत्याधुनिक सेवा सुरु गरेको हो ।
अस्पतालले भैरहवा र बुटवलबाट किड्नी डाइलासिस सेवा समेत संचालन गरिरहेको छ । सुरुमा मृगौला रोग, बालरोग, सर्जरी, फिजिसिन, हाडजोर्नी, स्त्री तथा प्रसुती सेवासहितको सुबिधाबाट सुरु गरिएको थियो । १५ बेडबाट सुरु गरेको अस्पतालमा अहिले सेवा विस्तारसँगै एक सय बेड संचालनमा छन् । २०७२ सालबाट ५० बेड र २०७८ बाट एक सय बेडमा अस्पताल स्तरोन्नती भई संचालनमा आइरहेको पौडेलले बताए । ‘मेरो सानैदेखि भैरहवामा नै एउटा सुविधा सम्पन्न अस्पताल बनाएर भारतमा उपचारका लागि जाने नेपालीहरुलाई रोक्ने सपना अहिले झनै विशाल बनेर गएको छ’, अस्पतालका प्रबन्ध निर्देशकसमेत रहेका पौडेलले भने, ‘अहिले भैरहवा मात्रै होइन, सिंगो रुपन्देहीसहित लुम्बिनी प्रदेश, गण्डकीका केही जिल्ला र सीमा क्षेत्रका धेरै भारतीय नागरिक यहाँ उपचारका लागि आउनुहुन्छ ।’
७० करोड बढी लगानीमा निमार्ण गरिएको अस्पतालबाट सेवा मात्रै गुणस्तरीय छैन, भवन पनि सुविधा सम्पन्न छ । पौडेलले चारदशकदेखि देखेको सपना साकार पार्ने क्रममा उनका धेरै साथीभाइसँगै भैरहवाका प्रतिष्ठित उद्योगीहरुको पनि साथ–सहयोग छ । ‘अस्पताललाई एक सय बेडमा संचालनमा ल्याइरहँदा यहाँका धेरै उद्योगी–व्यवसायी जोडिनु भएको छ’, उनले भने, ‘यसले सेवा थप गर्न र प्रविधिसँग जोडेर उपचार गर्न प्रेरित गरिरहेको छ ।’ उनले आफूले देखेका सपना साकार पार्न सबैको साथ, सहयोग र माया पाएर नै सम्भव भएको बताए ।

‘आज सिटी अस्पताल यो अवस्थामा आइपुग्नुमा लगानीकर्ता, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीको मिहिनत महत्वपूर्ण छ’, उनले भने, ‘सबैभन्दा ठूलो योगदान त सेवाग्राहीको छ । जसले अस्पतालका सेवासुविधाबाट सन्तुष्टि पाउनुभएको छ, उपचारपछि निको भएर देशका लागि महत्वपूर्ण योगदान गर्नुभएको छ ।’ उनले अस्पतालप्रति सधै विश्वास गर्न आम नागरिकलाई आग्रह गरे । अण्डरग्राउण्डसहित सात तले सुबिधासम्पन्न भवनबाट सेवा दिइरहेको सिटी अस्पतालमा ६४ स्लाइस सीटीस्क्यानदेखि बिभिन्न सुबिधाहरु छन् ।
हाडजोर्नी तथा नसा रोगसम्बन्धी सम्पूर्ण शल्यक्रिया, दुरविनबाट पित्तथैली लगायतको जनरल शल्यक्रिया, डेलीभरीसेवा, आइसीयू, एनआईसीयू, पीआइसीयू, तथा सीसीयू सेवा, मोडुलर ओटीमा सम्पूर्ण शल्यक्रिया सेवा, सीटी स्क्यान सेवा, कपला प्रत्यारोपण, निसन्तान दम्पत्तिका लागि आइभिएफ सेवा, डिलक्स तथा समान्य क्याविन, भीआइपी तथा अन्तर्राष्ट्रियस्तरको सवीट क्याविन सेवा, अत्याधुनिक ल्याव सेवाका साथै अन्य सामान्यदेखि विशेषज्ञ सेवा अस्पतालले दिँदै आएको पौडेलले बताए ।
‘लक्जरियस क्याबिन, बिदेशी तथा भिआईपी बिरामीहरुका लागि अन्तर्राष्ट्रिय स्तरको कम्प्लेक्स छ । जसमा अन्तर्राष्ट्रियस्तरका ओपीडी, सुबिधा सम्पन्न तीन वटा अब्जरबेशन बेड र सम्पूर्ण सेवा सुबिधासहितको २ वटा स्वीट रुमको ब्यवस्था अस्पतालमा छ’, पौडेलले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र बुद्ध जन्मस्थल लुम्बिनी पनि यही रहेकाले बिदेशी कुटनीतिक नियोग, पर्यटक, सरकारका उच्च ब्यक्तिहरु आउँदा विशेष सुविधासहित उपचार दिनका लागि हामीले व्यवस्था गरेका छौं ।’
सिटीमा काठमाडौंको ग्राण्डीमा काम गरेका अनुभवी डाक्टरहरुबाट सेवा प्रदान हुने गरेको छ । अस्पताल सफाासुग्घर मात्रै छैन, अस्पतालका क्याविन होटलका भन्दा राम्रा छन् । सेवा झनै उत्कृष्ट छन् । ‘हामीले बिरामी र भिजिटरका लागि निःशुल्क नेटको ब्यवस्था गरेका छौं । डाइलासिस, आईसीयु, ओटी लगायतका स्थानहरुमा म्युजिक सिस्टम राखेका छौं’, उनले भने, ‘यसबाट विरामीले पीडाकाबीच पनि आफूलाई भुलाउन सहज भएको छ ।’ अस्पतालमा अत्याधुनिक उपकरण, स्टिल अप्रेसन थे्रटर तीन वटा छन् । अस्पताल पूर्ण डिजिटल प्रविधिको छ । बिरामीहरुको सहजताका लागि र्याम्प र लिफ्ट सुबिधा छ । अस्पतालमा बिरामीको सुरक्षाका लागि फायर फाइटिङ, फायर आलरम, इस्मोक डिडेक्टर सिस्टम, चट्याङबाट बचाउन र्याडारसिस्टम जडान गरिएको ।

सुविधा र विशेषज्ञ चिकित्सकले कपाल प्रत्यारोपण गर्ने भएपछि अहिले सिटीमा अमेरिका, इजरायल, जापान, स्पेन, क्यानडालगायत नेपालका अधिकांश जिल्लाका सेवाग्राही आउने गरेका छन् । ‘हामीले जतिसक्छौं नयाँनयाँ प्रबिधिको प्रयोग गरेका छौं । बेलाबेलामा बिरामी र भिजिटरसँग समस्याका बारेमा बुझ्ने, सेवा लिएर गएकाहरुसँग सल्लाह सुझाव लिने गरिएको छ’, पौडेलले भने, ‘यसले अस्पताललाई परिस्कृत गर्न, गुणस्तरीयता कायम गर्न थप टेवा मिलेको छ ।’ प्रबन्ध निर्देशक पौडेलका अनुसार यहाँ आएर उपचार गरेर जाने ९९ प्रतिशत सेवाग्राही सन्तुष्ट छन् । ५४ हजार स्क्वार फिट क्षेत्रफमा निमार्ण भएको भवनबाट स्टार लेवलको होटल सरह अस्पतालबाट सुबिधा दिइरहेको दाबी अस्पतालले गरेको ।
‘यसबाट स्वदेशी तथा बिदेशीहरुलाई उत्कृष्ट सेवा दिने अवसर बनेको छ, हामी अहिले दिइरहेको सेवालाई अझै विस्तार गर्दै जानेछौं’, पौडेलले भने । उत्कृष्ट, गुणस्तरीय र अब्बल एउटा अस्पताल खोल्ने आफ्नो सपना ढिलोचाँडो पूरा भएको उनले जनाए । ‘अब, भएका सेवालाई थप बलियो बनाउँदै जानेछौं’, उनले भने, ‘सिटीमा उपचार गर्न आउने कोही पनि उपचार नपाएर फर्कन नपरोस् ।’ हुन पनि हो, पौडेलले भनेजस्तै अहिले सिटी अस्पताल रुपन्देही मात्रै नभएर लुम्बिनी प्रदेशको उत्कृष्ट मध्ये पर्छ । सेवासुविधा, विशेषज्ञ चिकित्सक, पूर्वाधारमा अब्बल कहलिएको छ ।











लेखकको सम्वन्धमा