काँग्रेस लुम्बिनी प्रदेशको सभापतिमा पौडेल पक्षका अमरसिंह पुन निर्वाचित



भैरहवा– नेपाली काँग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन मगर निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उनले प्रतिस्पर्धी संस्थापन अर्थात् प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई ८५ मतले पराजित गरेका हुन् ।
सोमबार बिहान सार्वजनिक मत परिणाम अनुसार सभापतिमा विजयी पुनले ८५२ मत प्राप्त गरे । शाहले भने ७६७ मत प्राप्त गरे । पदाधिकारीमा पनि एक उपसभापति बाहेक सबै पौडेल समूहका निर्वाचित भएका छन् । पदाधिकारीमा पौडेल समूहबाट अष्टाभुजा पाठकमात्रै पराजित भए ।
मत परिणाम (कुल खसेको मत १६३१)
सभापति
१) अमरसिंह पुनमगर– ८५२ (विजयी)
२) भरतकुमार शाह– ७६७
उपसभापति
१) अष्टभुज पाठक – ७७२
२) भुवनप्रसाद श्रेष्ठ– ८४७ (विजयी)
३) राजु खनाल– ७९२ (विजयी)
४) सुधाकर पाण्डे– ६६१
महामन्त्री
१) खिमानसिंह रायमाझी– ६५१
२) जन्मजय तिमल्तिना– ७०९
३) बिक्रम खनाल – ८४४ (विजयी)
४) सुरेन्द्रराज आचार्य– ८३९ (विजयी)
सहमहामन्त्री (महिला)
१) निमा गिरि– ८३० (विजयी)
२) सरिता चौधरी– ६८७
सहमहामन्त्री (खुल्ला)
१) खगराज पाण्डे– ७७६ (विजयी)
२) माया पुन– ७५२
३) लक्ष्मीनारायण शाह– ६७६
४) विष्णुप्रसाद खनाल (मुस्कान)– ८५९ (विजयी)








लेखकको सम्वन्धमा