अलकत्रा अभावले बुटवल–गोरुसिङ्गे सडक आयोजनाको पिच कार्य रोकियो


भैैरहवा–पिच गर्नका लागि अलकत्राको अभावले बुटवल–गोरुसिङ्गे सडक आयोजनाको निर्माण कार्य प्रभावित हुन पुगेको छ । आयोजना अन्तर्गत केही भाग पिच गर्ने तयारी अवस्थामा पुगेको भएपनि अलकत्राको अभावले पिच गर्ने कार्य रोकिन पुगेको हो ।
आयोजना कार्यालय र निर्माण कम्पनीले अलकत्राको अभावले निर्माण कार्य प्रभावित हुन थालेको भन्दै वारम्बार सरकारको ध्यानाकर्षण गराएका छन् । आयोजना अन्तर्गत बुटवल खण्ड र कपिलवस्तु खण्डको केही भागमा पिचको काम सुरु गर्नेे तयारी गरे अलकत्राको अभावले तत्काल पिचको काम सुरु हुन नसकेको हो ।
केही दिनअघि भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालले उक्त सडकखण्डको स्थलगत निरीक्षण गरेको वेलामा निर्माण कम्पनीका प्रतिनिधिले अलकत्राको अभावले निर्माणको काम सुरु गर्न नसकिएको जानकारी गराएका थिए । मन्त्री लम्सालले अलकत्राको उपलब्धताका लागि मन्त्रालयले सहजीकरण गरिदिने आश्वासन दिएका थिए ।
निर्माण कम्पनीका प्रतिनिधिले अलकत्रा र माटो र नदीजन्य पदार्थको समेत अभावले निर्माणका काम प्रभावित भइरहेको जनाउँदै सहजीकरण गरिदिन मन्त्री लम्सालको ध्यानाकर्षण गराएका थिए । बुटवलस्थित उक्त आयोजना कार्यालयले बुटवल क्षेत्रको करिब एक किलोमिटर र कपिलवस्तु क्षेत्रको तीन किलोमिटर भाग कालोपत्रेका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।
आयोजना क्षेत्रसंग जोडिएका पालिकाले माटो र नदीजन्य पदार्थका लागि सहजीकरण नगरेको गुनासो निर्माण कम्पनीले गरेपनि सैनामैना नगरपालिकाले भने प्रक्रिया पूरा गरी माटो र नदीजन्य पदार्थ निकासीका लागि सहजीकरण गर्न तयार रहेको बताएको छ ।
सैनामैना नगरकापालिकाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले निर्माण कम्पनीले सवै प्रक्रिया पूरा गरेको अवस्थामा नदीजन्य पदार्थ र माटो उत्खननमा नगरपालिकाले सहजिकरण गर्ने बताए ।
आयोजनाले माटो अभावका कारण समेत बुटवल–गोरुसिङ्गे सडक निर्माणका काममा ढिलाइ भइरहेको र वर्षा सुरु हुनुअघिसम्म करिब ३ लाख घनमिटर माटो आवश्यक भए पनि माटो उपलब्ध हुन नसकेको जनाएको छ । आयोजना कार्यालय बुटवल प्रमुख कुशलता न्यौपानेले अहिलेसम्म आयोजनाको काम करिब २५ प्रतिशत सम्पन्न भएको जनाएकी छन् ।
५० किलोमिटर दुरीको सडक आयोजनालाई रुपन्देहीतर्फ बुटवल–सालझन्डी २५ मिी र कपिलवस्तुतर्फ मा दुई खण्डमा विभाजन गरिएको छ । बुटवल–सालझन्डी २५ किमी र कपिलवस्तुतर्फ सैनामैना–गोरुसिङ्गेसम्म २५ किमीमा विभाजन गरी निर्माण कार्य निर्माण कार्य जारी राखिएको छ ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँको ठेक्का सम्झौता गरेका हुन् ।








प्रतिकृया दिनुहोस्