दुई लाख घुससहित भैरहवाबाट पक्राउ परेका मालपोतका नासुविरुद्ध मुद्दा दायर


भैरहवा– अख्तियार दुरुपयो अनुसन्धान आयोगको कार्यालयले मालपोत कार्यालय, भैरहवका नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ। यसअघि अख्तियारले घुस रकमसहित खाम्चालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धान पछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।
जग्गाको नयाँ श्रेस्ता कायम गर्ने तथा नामसारी गर्ने काम गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । सेवाग्राहीबाट लिइसकेको अवस्थामा दुई लाख नगदसहित उनलाई पक्राउ भैरहवाबाट गरिएको थियो ।
अनुसन्धानका क्रममा खाम्चाले जीर्ण श्रेस्ता कायम गर्ने, अपुताली जग्गा नामसारी तथा दाखिल खारेजलगायतका काम गरिदिने भन्दै सेवाग्राहीसँग मोलमोलाई गरी उक्त रकम लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
प्रमाणसहित दोषी देखिएपछि उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही अघि बढाइएको हो । आयोगले उनलाई बिगो बराबरको जरिवाना र कैद सजायको माग गर्दै सोमबार काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।








प्रतिकृया दिनुहोस्