January 23, 2025, Thursday
२०८१ माघ १०

लुम्बिनीमा कांग्रेस र माओवादीले आलोपालो सरकार चलाउने

भैरहवा– विपक्षी गठबन्धनको नेतृत्वमा सरकार बन्ने पक्का भए पछि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आलोपालो सरकार चलाउने सहमती गरेका छन् ।

माओवादी सांसद एवं पूर्वमन्त्री सुदर्शन बरालले सुरुमा माओवादीले सरकारको नेतृत्व गर्ने बताए । ‘आठ महिना माओवादीले सरकारको नेतृत्व गर्नेछ’, उनले भने, ‘बाँकी अवधि काँग्रेसको नेतृत्वमा सरकार बनाइनेछ ।’

Advertisement

दुई पार्टीबीच मौखिकरुपमा आलोपालो सरकार चलाउने सहमती भए पनि लिखित सहमति भने भएको छैन । माओवादीबाट संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्दैछन् । बाँकी समय नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकारको नेतृत्व गर्नेछन् ।

मुख्यमन्त्रीको राजीनामा पछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए पदबाट राजीनामा