रूपन्देही–१ को विकासका लागि जसपा नेपालले जित्न जरुरी छः उम्मेदवार खाँ


भैरहवा- क्षेत्रबासीको अपार माया र जनसमर्थनले आफूलाई हौसला मिलरहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार मोहम्मद असलाम खाँले बताएका छन् । उनले आफूले क्षेत्र विकासको खाकासहित मतदाता भेटिरहेको जनाउँदै सबैको सहयोगले आफूलाई हौसला मिलेको जनाए ।
क्षेत्रका विभिन्न ठाउँमा घरदैलो तथा मतदाता भेटघाट गर्दै उनले जात, धर्म विभिन्न आरोपप्रत्यारोप भन्दा माथि उठेर काम गर्न सक्षम रहेको भन्दै सबैले सहयोग गरिरहेको सुनाए । आफ्नो पार्टी र आफूले उठाएका मुद्दा राष्ट्रहित र जनभावना अनुसार रहेको बताए ।
विगतका जनप्रतिनिधिले राम्रो का मगर्न नसक्दा क्षेत्र पछाडी परेको जनाउँदै खाँले यसपटक जसपा नेपाल र आफूलाई अवसर दिन आग्रह गरे । उनले क्षेत्रमा सडक, शिक्षा, स्वास्थ्य, मलखाद लगायत अभाव व्याप्त रहेको सुनाउँदै ती समस्या समाधान गर्ने पार्टी नै जसपा नेपाल रहेको दावी गरे ।
आफूले इमान्दारीपूर्वक जनताको सेवक भएर काम गर्ने जनाउँदै खाँले अवसर पाए क्षेत्रमा आमनागरिकले भोगिरहेका समस्या समाधान गरेर विकासको जग बसाल्ने बताए । क्षेत्रमा अझै गरिबी, बेरोजगारी, अशिक्षा, अन्धविश्वास रहेको बताउँदै यस्ता समस्या समाधान गर्ने आफ्नो उद्देश्य रहेको जसपा नेपालका उम्मेदवार खाँले बताए ।
पार्टी नेता तथा रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले अन्य दलहरुले जसपा नेपाललाई प्रतिस्पर्धी नठाने पनि जित निकालेर देखाउने दावी गरे । उनले स्थानीय समस्या बुझेको र स्पष्ट योजना भएको उम्मेदवार रहेकाले जनसमर्थन आफूहरुको पक्षमा आउने बताए । बाहिर आएका हल्ला हल्लामै सीमित हुने बताउँदै यादवले फागुन २५ भित्र आउने नतिजा पर्खनुपर्ने जनाए । उनले क्षेत्रगत विकास, सुशासन र समृद्धिका लागि सबैको रोजाई जसपा नेपाल बनिरहेको बताए ।
क्षेत्र विकास र सुशासनसहितको समृद्धि मेरो प्राथमिकताः जसपा नेपाल उम्मेदवार खाँ








प्रतिकृया दिनुहोस्