जेनजीले पत्याउने दल नेपाली कांग्रेस मात्र होः बिनोद चौधरी


भैरहवा – पश्चिम नवलपरासी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार बिनोद चौधरीले जिल्लामा पार्टी नेतृत्व एकजुट भएकाले यसपटक चुनावी प्रचार अभियान सहज र प्रभावकारी भएको बताएका छन् । बिगतमा पार्टी भित्र रहेको गुट–उपगुट समस्याले प्रचारका क्रममा बैठक र सभा आयोजना गर्न पनि चुनौंती भएको स्मरण गर्दै यसपटक कुनै मत मतान्तर नरहेकाले प्रचार–प्रसार गर्न सहज अनुभव गरिरहेको उनले बताएा ।
२०७९ को निर्वाचनका बेला चिरा–चिरा परेको कांग्रेस हुँदा आफूलाई चुनावी अभियानमा अप्ठ्यारो परेको उनले जनाए । यसपटक जिल्ला पार्टी नेतृत्व एकसाथ भएकाले चुनावी सभादेखि प्रचारमा सहयोग मिलिरहेको उनको भनाई थियो । ‘कुनै बेला जिल्लामा कांग्रेस कार्यकर्तासित बैठक गर्ने अवस्था थिएन,’ शुक्रबार बर्दघाट–१० मा आयोजित कार्यक्रममा उनले भने, ‘आज सबैं नेता एकजुट भएर चुनावी अभियानमा छौं । सबैंप्रति ऋणि र आभारी छु ।’ यसपटक सभापति गगतकुमार थापाको नेतृत्वमा सरकार बनाउन पनि आफूलाई जिताउन उनले आग्रह गरे ।
कोणसभामा बोल्दैं वर्तमान समयमा जेनजीले पत्याउने दल नेपाली कांग्रेस मात्र भएको उनले जनाए । मुलुकमा रहेकामध्ये नेता, नीति र एजेण्डाका आधारमा सबैभन्दा नयाँ दल कांग्रेस भएको उनको दावी छ । युवाका सपना समेटेर र विकासका सबैं सम्भावना उल्लेख गरेर पार्टीले प्रतिज्ञापत्र सार्वजनिक गरेको उनले बताए ।
‘सभापति गगन थापाका कारण नेपाल र नेपाल बाहिर भएका युवाको मनमा आशा पलाएको छ,’ उनले भने, ‘डेढ महिना अघिसम्म पार्टीको नाम लिनसक्ने अवस्था थिएन, दुई जना पूर्वमहामन्त्रीको नेतृत्वमा कांग्रेस पूर्ण रुपमा रुपान्तरित भएको छ ।’ भदौंमा भएको जेनजी आन्दोलनपछि मात्र कांग्रेस रुपान्तरणको बहस सुरु भएको जनाउँदैं सबैभन्दा पहिले युवाका माग आत्मसात् गर्ने र बिगतका कमजोरीप्रति क्षमा माग्ने दल नेपाली कांग्रेस भएको बताए ।
‘इतिहासमा गरेका परिवर्तनको पृष्ठभूमिमा पहिले आफू बदलिएमात्र अरुलाई बदल्न सकिन्छ भन्ने कांग्रेसले बुझ्यो,’ उनले भने, ‘कांग्रेसको विशेष महाधिवेशनमा नवलपरासी जिल्लाको ठूलो योगदान रह्यो ।’ उनले क्षेत्रमा मतदाताको अपेक्षा अनुसार आफूले छोटो समयमा धेरै काम गरेको जनाए ।
पूर्वधारदेखि औद्योगिक ग्राम निर्माण, अस्पताल निर्माण, शिक्षा, कृषि लगायतका क्षेत्रमा आफूले केही जग बसालेको उनको भनाई छ । यही कारण विभिन्न पार्टी छाडेर काँग्रेस प्रवेश गर्नेको लहर समेत रहेको उनको भनाई छ । रास्वपा लगायतका दलहरु त्याग गरी काँग्रेस प्रवेशले पार्टी पंक्तिलाई उत्साहित गराएको चौधरी बताए । नवलपरासीलाई परिवर्तन र विकासको सम्वाहक बनाएर मात्रै आफूलाई सन्तुष्टि मिल्ने उनको भनाई छ ।
बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन
विनोद चौधरी तीन वर्ष सांसद हुँदा के काम गरे, कस्तो छ ‘रिपोर्ट कार्ड’ ?
बिक्रम खनाललाई टिकट दिएपछि रास्वपामा असन्तुष्टि, वडा सभापतिले छाडे पार्टी








प्रतिकृया दिनुहोस्