March 22, 2025, Saturday
२०८१ चैत्र १०

अस्पतालको कोभिड वार्डमा आगलागी, इराकमा कम्तिमा ४० जनाको मृत्यु

इराकको एक अस्पतालको कोरोना भाइरसका संक्रमित उपचार हुने वार्डमा आगलागी हुँदा कम्तिमा ४० जनाको ज्यान गएको छ ।

दक्षिणी शहर नासिरियामा रहेको अल–हुशैन अस्पतालको कोडिभ वार्डमा आगलागी भएको हो । सोमबार अबेर आगलागी नियन्त्रणमा आएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

आगलागीको कारण खुलेको छैन । तर प्रारम्भीक अनुसन्धानले अक्सिजन ट्यांक बिस्फोट भएर आगलागी भएको अनुमान गरेको छ ।

उद्धारकर्मीहरुले उद्धार तथा खोजीको काम जारी राखेका छन् । कोभिड वार्डमा अझै पनि केही मानिसहरु फसेको हुन सक्ने आशंका छ । आगलागी भएको वार्डमा ६० जनाको क्षमता रहेको थियो ।