August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

अमेरिकामा १२ तले भवन भत्कियो, ठूलो मानवीय क्षतिको अनुमान

अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा एक आवासीय भवन भत्किँदा अहिलेसम्म कम्तीमा एक जनाको मृत्यु भएको छ।

Advertisement

१२ तले उक्त भवन भत्किँदा कम्तीमा ९९ जनाको अवस्था अज्ञात छ।

Advertisement

दुर्घटनाका बेला भवनमा कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न नसकेको अधिकारीहरुले जानकारी दिएका छन्।

यो भवन सन १९८० मा निर्माण भएको थियो।

सरकारी अधिकारीहरुले दुर्घटनामा ठूलो क्षति भएको अनुमान गरेका छन्।