जरायोको सिङसहित दाङमा तीनजना पक्राउ
दाङ – जरायोको सिङ (ओखेटोपहार) सहित तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका–८, गहतेखोलामा गत राति १ बजे जरायोको सिङ बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई पक्राउ गरेको दाङ प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।...





