ओमसतियाको समृद्धि र सम्भावनाबारे बहसः शिक्षा सुधारमा चुनौती, पूर्वाधार र पर्यटन विकासमा जोड
भैरहवा– रुपन्देहीको ओमसतिया गाउँपालिकाका सम्भावना र समृद्धिका योजनामा केन्द्रित रही बहस गरिएको छ । लुम्बिनी प्रेस क्लबको आयोजना तथा ओमसतिया गाउँपालिकाको सहयोगमा बुधबार ओमसतियामा ‘ओमसतिया न्यूज फेस्टिवल’मा उक्त विषयमा बहस भएको हो । क्लबको वार्षिक कार्ययोजना अनुसार उक्त कार्यक्रम आयोजना...





