June 2, 2026, Tuesday
२०८३ जेष्ठ १९ मंगलवार

गाँजा नष्ट गर्ने अभियानमा जुटे चम्कीपुरका महिला

Advertisement

भैरहवा–गाँउघरमा उम्रेका गाँजाको सेवन गरेर वालवालिका बिद्यालय नै जान छाड्न थालेपछि रुपन्देहीको शुद्धोदन गाउँपालिका–१, चम्कीपुरका महिलाहरु गाँजाका बोट नष्ट गर्ने अभियानमा जुटेका छन् ।

Advertisement

घरवरिपरि आफै उम्रेका गाँजाको सेवनका कारण बालबालिका र्दुव्यसनी बन्ने डर उनीहरुमा छ । गाउँघरमा आफै उम्रेको गाँजाको पात काँचै र सुकाएर बालबालिकाले समेत सेवन गर्न थालेपछि स्थानिय आँमा समूहको पहलमा गाँजाका बोट नष्ट गर्ने अभियान थालिएको हो ।

अभियानको नेतृत्व स्थानीय सुनिता हरिजनले विद्यालय जाने उमेरका बालबालिकासमेत जताततै उम्रेका गाँजा विभिन्न माध्यमबाट सेवन गर्न थालेको देखिएपछि गाँजाको बोट नष्ट गर्ने अभियानमा जुटेको बताइन् । स्थानीय चम्कीपुरकी चम्पा यादवलेपनि बालबालिका घरबाट पढ्न भनेर विद्यालय जाने तर बाटोमा गाँजा सेवन गरेर विद्यालय नगई साँझ घर फर्किने गरेको पाइएकाले गाँजा नष्ट गरिएको बताइन् । उनका अनुसार, उमेर पुगेका युवाको देखासिकी गरेर युवतीले समेत गाँजा सेवन गर्न थालेका छन् ।

शुद्धोधन गाउँपालिका–१ का वडाध्यक्ष बाबुराम पालले चम्कीपुर मात्रै नभई शुद्धोधन गाउँपालिकाका अन्य वडाका बालबालिकासमेत घरवरिपरि उमे्रका गाँजा सेवन गरी विद्यालय जान नमान्ने गरेको बताए । ‘घरवरिपरि उम्रेको गाँजा नष्ट गर्ने अभियान अन्य वडामा पनि सञ्चालन गर्नुपर्ने आवश्यकता देखापरेको छ’ उनले भने । शुद्धोधनको चानापार, कुट्टा, बिचौवापुर, पुरैनी, मानपकडी, रजाढलगायतका गाउँमा यस खालको समस्या देखा परिरहेको पालको भनाइ छ  ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले गाँजाका कारण बालबालिकादेखि युवा र किशोर अवस्थाका महिला तथा पुरुषसमेत र्दुव्यसनतर्फ लाग्ने अवस्था देखिएकाले अर्को वर्षदेखि गाँजा उम्रिदै नष्ट गर्ने अभियान सुरु गर्ने योजना रहेको जनाए ।