May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, मन्त्री कार्कीले जवाफ दिने

Advertisement

दाङ– लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा समसामयिक विषय र विशेष समय राखिएको छ ।

Advertisement

बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ ।

त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।