June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

मर्चवार नेपालमै पर्छ भनेर चिनाउन चाहन्छुः प्रमोद यादव

Advertisement

भैरहवा– नेकपा एमालेबाट रुपन्देही-४ का उम्मेदवार प्रमोदकुमार यादवले सिमावर्ती मर्चवार क्षेत्र पनि नेपालकै भू–भाग हो भनेर चिनाउन लागि पर्ने बताएका छन् । रुपन्देहीको महत्वपूर्ण कृषि भूभाग भएको क्षेत्र भएर पनि वर्षौदेखि ओझेलमा परेकाले यसलाई नेपाली भू–भागका रुपमा मुलुकभर चिनाउन आफूले भूमिका खेल्ने उनले बताए ।

Advertisement

अहिलेसम्म रुपन्देही र त्यहाँको विकास निर्माणको कुरा हुँदा भैरहवा–लुम्बिनी सडक खण्डभन्दा उत्तरका क्षेत्रबारे मात्रै कुराकानी हुने गरेको उनले बताए । भैरहवा–लुम्बिनी सडकमा ओहोरदोहोर गर्नेले पनि मर्चवारलाई भारतीय भूमि सम्झिने गरेको उनले दुखेसो गरे । भैरहवाका सञ्चारकर्मीसित कुराकानी गर्दै उनले यसपटकको निर्वाचनमा मर्चवार चिनाउने प्रमुख एजेण्डा बनाएको बताए ।

रुपन्देही–४ मा आन्तरिक सडक सञ्जालको अवस्था पनि दयनीय रहेको उल्लेख गर्दै बिगतका जनप्रतिनिधिले क्षेत्र बिकासमा योगदान दिन नसकेको बताए । ‘कृषि बाली र सिंचाईको व्यवस्था गर्न छ,’ उनले भने, ‘मर्चवारमा स्कुल, अस्पतालको धेरै समस्या छ ।’ ती समस्या समाधान गर्ने लक्ष्य सहित २५ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेको उनले बताए ।

रुपन्देही–४ का बासिन्दाले आफूलाई अभिभावक विहीन सम्झिने गरेको उनले बताए । ‘अब तपाईंहरुले टुहुरो महशुस नगर्नुस्,’ उनले भने, ‘प्रमोद यादव तपाईंको साथमा छ ।’ जस्तोसुकै अवस्थामा क्षेत्रको बिकासका लागि प्रतिवद्ध रहने उनले बताए । मुलुकमै कहलिएको छपिया क्षेत्र माछा जोन रहेकाले त्यसको उत्थानका लागि किसानसित छलफल भएको उनले बताए । ‘किसानका लागि ठूलो मात्रामा अनुदानका कार्यक्रम ल्याउने छौं,’ उनले भने, ‘कृषि हाटबजार र पालिका अस्पताल निर्माणमा जोड दिइनेछ ।’

रुपन्देही–४ का एमाले उम्मेदवार यादवले प्रस्तुत गरे क्षेत्र विकासका २५ योजना

आधुनिक मर्चवार बनाउने एमाले उम्मेदवार प्रमोदको अठोट