आज डिभी खुल्दै, फर्म भर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?
अमेरिकाको डाइभर्सिटी भिसा-डिभीका लागि बुधबार राति आवेदन खुल्दै छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार पौने १० बजेदेखि डिभीका लागि आवेदन फर्म भर्न सकिने छ। आवेदनका लागि कात्तिक २३ गतेसम्मको समयसीमा तोकिएको छ।
dvprogram.state.gov मा लगइन गरेर फर्म भर्न सकिने दूतावासले जनाएको छ। दूतावासले फर्म भर्दा निम्न कुरामा विचार गर्न सुझाव दिएको छ-
– दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्।
-आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।
-विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।
– वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस्।
– स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस्।
डिभीको आवेदन निशुल्क छ र यो तपाईंले आफैँ सजिलै भर्न सक्नुहुन्छ।
प्रतिकृया दिनुहोस्