April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

परमाणु हतियारको दौडलाई गति दिने उत्तर कोरियाको चेतावनी

बीबीसी । उत्तर कोरियाले अमेरिका, यूके र अष्ट्रेलियाबीच भएको एउटा नयाँ सुरक्षा सम्झौताको निन्दा गरेको छ । यसले ‘परमाणु हतियारको दौड’लाई गति दिन सक्ने उत्तर कोरियाको भनाई छ । 

Advertisement

विदेश मन्त्रालयका एक अधिकारीले ओकस सम्झौताले एयिसा–प्रशान्त क्षेत्रको रणनीतिक सन्तुलनलाई बिगार्न सक्ने बताए ।

Advertisement

सम्झौतासँगै अमेरिका र यूकेले परमाणु उर्जाबाट सञ्चालन हुने पनडुब्बी बनाउने प्रविधि दिनेछन् । 

यो सम्झौतालाई विवादास्पद दक्षिण चीन सागरमा चीनको बढ्दो प्रभावलाई रोक्ने प्रयासको रूपमा हेरिएको छ । 

ओकस सम्झौता गएको हत्पा घोषणा गरिएको थियो, जसले क्रुज क्षेप्यास्त्र, आर्टिफिसिअल इन्टेलिजन्स र अनय प्रविधिहरूलाई समेत समेट्नेछ । 

“यिनीहरू अति नै अवाञ्छनीय र खतरनाक कार्यहरू हुन् जसले एसिया–प्रशान्त क्षेत्रको रणनीतिक सन्तुलनलाई बिगार्नेछ र परमाणु हतियार दौडको श्रृङ्खलालाई गति प्रदान गर्नेछ”, सुरक्षा सम्झौताको बारेमा उत्तरकोरियाली विदेशमन्त्रालयका ती अधिकारीले भने । 

गत हप्ता, उत्तर कोरियाले लामो दूरीको क्रुज क्षेप्यासत्र र ब्यालिस्टिक क्षेप्यास्त्र गरी दुई ठूला हतियारहरू परीक्षण गरेको थियो । 
उक्त सुरक्षा सम्झौतालाई चीनले पनि आलोचना गरेको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले सो सम्झौताले ‘क्षेत्रीय सुरक्षामा गम्भीर हानि गर्ने र हतियारको दौडलाई सघन बनाउने’ जोखिम रहेको बताएका थिए । 

प्योङयाङले यो क्षेत्रीय शान्ति र स्थिरितालाई भंग गर्ने गैरजिम्मेवारपूर्ण कदम भएकोले चीनले यसको निन्दा गर्नु स्वभाविक भएको पनि बताएको छ । 

उक्त सम्झौतामार्फत् अमेरिकाले ६० वर्षपछि पहिलो पटक पनडुब्बीसम्बन्धी आफ्नो प्रविधि अष्ट्रेलियालाई प्रदान गर्न लागेको हो, यसअघि एकपटक यूकेलाई प्रदान गरेको थियो । यो सम्झौतासँगै अष्ट्रेलिया पनि परमाणु उर्जाबाट चल्ने पनडुब्बी बनाउन सक्षम हुनेछ ।