April 18, 2025, Friday
२०८२ बैशाख ५

१७ विद्यार्थीलाई युसिएमएसको छात्रवृत्ति

भैरहवा–युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस) भैरहवा व्यवस्थापनले सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा १० का १० जना विद्यार्थी र प्लस टु तहमा अध्ययनरत ७ जना विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरेको छ ।

युसिएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङकाअनुसार कक्षा १० मा उत्कृष्ट अंक ल्याएका छात्र–छात्राहरु ऐश्वर्या शंकर, स्वदेशकुमार यादव, अमिसा राना, दिपाली राना, निकिलकुमार यादव, सुरुची सिंह, देवीप्रसाद मिश्रा, प्रिया बन्जाडे, पवनकुमार मिश्रा, गौरव पौडेल छन् ।

Advertisement

यस्तै, प्लस टु तहमा छात्र–छात्राहरुमा गणेश पौडेल, अनुज क्षेत्री, नैतिक ढकाल, ऐश्वर्या शंकर, अन्जिला राना मगर, स्वदेशकुमार यादव, दिपाली राना छन् । गुरुङकाअनुसार प्रथम हुनेलाई प्रतिव्यक्ति १५ हजार, द्वितिय हुनेलाई प्रतिव्यक्ति १० र तृतीय हुनेलाई प्रतिव्यक्ति ७ हजार रुपैयाँ नगद तथा मेडल प्रदान गरिएको थियो ।

कलेजले विगत अंग्रेजी वर्ष सन् २००९ देखि निरन्तररुपमा कलेजमा कार्यरत कर्मचारीहरुको कक्षा १० र प्लस टु तहका पढाईमा उत्कृष्ट जेहेन्दार सन्तानहरुलाई छात्रवृत्ति अन्तर्गत नगद तथा मेडलद्वारा सम्मान गर्दै आइरहेको छ ।

‘हाल विश्वव्यापी रुपमा पैmलिरहेको कोरोना भाइरसले मानव सभ्यतालाई नै चुनौती दिइरहेकाले यही कारण छात्रावृत्ति वितरणमा केही विलम्ब भयो । तापनि हामीले विगत ४ वर्षका अव्वल छात्र–छात्राहरुलाई आज एक कार्यक्रमबीच छात्रावृत्ति वितरण गर्यौ’, गुरुङले भने ।

छात्रावृत्ति वितरण कार्यक्रममा युसियमएस शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पिएस, प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखी, प्रमुख प्रशासकीय अधिकृत कमलराज ढकाल, जनरल म्यानेज सन्तोषकुमार वि.एन. लगायतले छात्र–छात्राहरुको उज्जवल भविष्यको शुभकामनासहित असल नागरिक बन्न आग्रह गरे ।

कलेजले हालसम्म विभिन्न वर्षहरुमा पढाईमा जेहेन्दार कुल ४७ जना छात्र–छात्राहरुलाई छात्रवृत्ति वितरण गरिसकेको छ । भैरहवामा वि.सं. २०५४ सालमा स्थापना भएको युसिएमएस स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित संस्था हो भने त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेजसमेत हो ।