June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

समुद्रमा इन्धनसहितको पानी जहाज डुब्यो, वातावरणीय विपदको जोखिम

रसायनिक पदार्थले युक्त कार्गो पानी जहाज श्रीलंकाको तटीय क्षेत्र नजिक समुद्रमा डुबेको छ । योसँगै वातावरणीय विपदको अवस्था आउन सक्ने चिन्ता बढेको विज्ञले बताएका छन् ।

सिंगापुरमा दर्ता रहेको एक्स–प्रेस पर्ल नाम गरेको कार्गो पानीजहाजमा झण्डै दुई हप्तादेखि आगो लागेको थियो । यो हप्ता मात्रै आगो नियन्त्रणमा आएको हो ।

Advertisement

सो पानी जहाजमा रहेको इन्धन ट्याङ्कबाट सयौँ टन तेल समुद्रमा मिसिने जोखिम बढेको छ । यस्तो भएमा आसपासको समूद्री पर्यावरण तथा समुद्री जीवमा गम्भीर असर पर्ने छ ।

श्रीलंका तथा भारतका नेभीले केही दिनदेखि आगो नियन्त्रणमा लिने तथा कार्गो पानी जहाज डुब्नबाट जोगानका लागि संयुक्त रुपमा प्रयास गरिरहेका थिए ।

तर समुद्र अस्थिर मौसमी अवस्था तथा तीव्र गतिमा चलेको मनसुनी वायुका कारण सो अभियान प्रभावित भयो । कोलम्बो तट भन्दा केही पर जहाज डुबेको हो ।

जहाज डुबेसँगै वातावरणीय रुपमा गम्भीर अवस्था सिर्जना हुने जोखिम बढेको वातावरणविदले बताएका छन् । यसले समुद्र सतहको पारिस्थितिक प्रणालीमै गम्भीर असर गर्ने जोखिम बढेको छ ।

तस्बिरहरु : इपिए