November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

यस वर्षको पुलिस ब्याटन लुम्बिनी प्रदेश प्रहरीलाई

Advertisement

भैरहवा– लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले यस वर्षको प्रहरी व्याटन प्राप्त गरेको छ । ७१ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रहरीलाई उक्त ब्याटन प्रदान गरिएको छ ।

Advertisement

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भुपेन्द्रबहादुर खत्रीलाई विशेष समारोहका उक्त सम्मान (ब्याटन) हस्तान्तरण गरिएको हो । पुलिस ब्याटन प्रहरी सेवाका बहालवाला कर्मचारीले पाउने सबैभन्दा ठूलो सम्मान हो ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा रूपमा कार्यरत डीआईजी खत्रीले प्रहरी सेवाका क्रममा प्रदर्शन गर्दै आएको उच्च व्यवसायिक कार्यको कदर गर्दै पुलिस ब्याटन प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गृहमन्त्री सुधन गुरुङले डीआईजी खत्रीलाई पुलिस ब्याटन हस्तान्तरण गरेका हुन् ।