सामुदायिक वनमा लुकाएर राखिएका ४ नाल भरुवा बन्दुक बरामद



दाङ– प्रहरीले दाङको लमही नगरपालिका–९ स्थित रहेका विभिन्न सामुदायिक वनमा लुकाइछिपाइ राखिएका ४ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म जिल्ला प्रहरी कार्यालय, दाङ मातहतका प्रहरी टोलीले विभिन्न स्थानमा सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा ती बन्दुक बरामद गरिएको हो ।
उक्त भरुवा बन्दुक लमही नगरपालिका–१, सुण्डबरीस्थित जनता सामुदायिक वनमा लुकाइछिपाइ राखिएका २ नाल, लमही नगरपालिका–९, शिवखोलास्थित गायत्री सामुदायिक वनमा लुकाइछिपाइ राखिएको १ नाल र बंगलाचुली गाउँपालिका–२, स्याले छरछरी सामुदायिक वनमा प्लास्टिकले बेरेर राखिएको १ नाल बरामद गरिएको हो ।
बरामद भएको भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।








प्रतिकृया दिनुहोस्