November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

काँग्रेस रूपन्देही ३(क) को सभापतिमा महेन्द्रकुमार श्रेष्ठ निर्वाचित

Advertisement

भैरहवा– नेपाली काँग्रेस, रुपन्देही क्षेत्र नम्बर ३ (क)को सभापतिमा महेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार राति सार्वजनिक निर्वाचन मतपरिणाम अनुसार प्रतिस्पर्धी लेखनाथ भट्टराईलाई पराजित गर्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । विजयी श्रेष्ठ २७७ मत पाए भने प्रतिस्पर्धी भट्टराईले १४४ मत पाए । श्रेष्ठ र भट्टराईले प्यानलै बनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचन समितिको अनुसार श्रेष्ठको प्यानलै निर्वाचित भएको छ ।

Advertisement

उपसभापतिमा श्रेष्ठ प्यानलबाट सुनिलराज विष्टले २७२ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी यमबहादुर थापा (माइला दाई)ले १४३ मत पाएका छन् । यस्तै, सचिवमा हुमलाल पौडेल २५३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी दीपक श्रेष्ठले १६२ मप पाए । यस्तै, सहसचिव महिलामा विनिता श्रेष्ठले २७६ मत सहित विजयी हुँदा निकटमत प्रतिस्पर्धी अर्पिता विश्वकर्माले १३२ मत ल्याइन् । सहसचिव पुरुषमा गोकुल यादव २५५ मत ल्याई निर्वाचित हुँदा प्रतिस्पर्धी डिल्लीराज अधिकारीले १४८ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, सदस्यहरुमा अर्जुन कार्की, अनन्तराज पाण्डे, अरुणबहादुर घर्ती, कन्हैयालाल गुप्ता बनियाँ, कृष्णबहादुर खनाल, ठाकुर अधिकारी, रामकिसन विक, संजीव गुरुङ, हरिराज विष्ट निर्वाचित भएका छन् । यस्तै, विष्णु कहाँर र जितेन्द्र यादव पनि सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार अन्य सदस्य पदमा भने सर्वसम्मत निर्वाचित भएका छन् ।

अनियमितता र बेथितिको अन्त्यका लागि मेरो उम्मेदवारी होः महेन्द्रकुमार श्रेष्ठ