September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

पाल्पामा सातजनाको शब जमिनमुनी व्यवस्थापन

Advertisement

पाल्पा– सातवटा शव पाल्पाको तानसेनमा जमिनमुनी व्यवस्थापन गरिएको छ । रसुवाको भोटेकोसीमा आएको बाढीमा परी मृत्यु भएका उनीहरु शव प्रशासनले व्यवस्थापन गरेको हो ।

Advertisement

नवलपुरमा फेला परेर पाल्पा ल्याइएका ती शवको पहिचान खुलेको थिएन । जिल्ला विपद व्यवस्थापन समितिको बैंठकपछि तानसेन–१, गोर्खेकोटस्थित सामुदायिक वनमा ७ जनाको शवको व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ ।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइका अनुसार पाल्पा ल्याइएका पहिचान नभएका ८ शवमध्ये ७ जनाको डीएनए परीक्षण हुलिया लिएर मापदण्ड अनुसार व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार एक बालकसहित तीन पुरूष, दुई महिला र एक बालिकाको शव व्यवस्थापन गरिएको हो । एक जना महिलाको शव भने पहिचान भएको छ । उनको शव नुवाकोटबाट आएका आफन्तलाई जिम्मा लगाइएको छ ।