प्युठानका ५ जना रसुवा बाढीपछि सम्पर्कबिहीन

भैरहवा– रसुवाको अप्रत्यासित बाढीको समयमा प्युठान निवासी पाँचजना सम्पर्कबिहीन भएका छन् । प्यूठानका प्रतिनिधि सभा सदस्य सुशान्त बैदिकका अनुसार रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडमा काम गर्ने प्यूठान नगरपालिका–१०, मरन्ठाना खरिवोट निवासी पिताम्बर श्रेष्ठ, रसुवागढी प्रहरी चौकीमा कार्यरत प्युठान वादीकोट तथा हाल झिमरुक गाउँपालिका–२, मुलपानी निबासी प्रहरी जवान राजेन्द्र महतरा सम्पर्कबिहनी छन् ।
यस्तै, हाइड्रो पावरमा कार्यरत माण्डवी गाउँपालिका–३, दारिमचौर निवासी सूर्य केसी, रसुवागढी हाइड्रोपावरमा कार्यरत प्यूठान नगरपालिका–७, पुण्यखोला निवासी सन्तोष पौडेल र कामको सिलसिलामा रसुवा जिल्लामा पुगेका प्युठान रजवारा खहरा निवासी बोम बहादुर पुन मगर सम्पर्क बिहीन भएका छन् ।







प्रतिकृया दिनुहोस्