प्युठानका खोला किनारमा पाँचजनाको शब फेला


प्युठान– प्युठानमा खोला किनारमा विभिन्न पाँच जनाको शब फेला परेको छ । स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे शव फेला परेको प्युठान प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ७ः३० बजेको समयमा स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानका खोलाको किनारमा नाम थर, वतन नखुलेको ५ जना व्यक्तिहरुको शव फेला परेको हो ।
प्रहरीका अनुसार जुडापाटा माडी खोलास्थित नाम थर, वतन नखुलेको अन्दाजी १२–१३ वर्षका बालक बेबारिसे अवस्थामा खोलाको छेउमा फेला परेका छन् । यस्तै, किमिचौरस्थित माडी खोलाको किनारमा नाम थर, वतन नखुलेको कम्मर भन्दा माथिको भाग मात्र रहेको पुरुष व्यक्तिको शव फेला परेको छ ।
यसैगरी गोठीबाङस्थित माडी खोलाको किनारमा नाम थर, वतन नखुलेको महिला, सरोजास्थित लुङग्री खोलाको किनारमा बायाँ खुट्टाको घुँडादेखि तल नभएको महिला र सरोजा स्थित लुङ्ग्री खोलाको किनारमा पनि नाम, थर र वतन नखुलेको महिलाको शव फेला परेको प्यूठान प्रहरीले जनाएको छ । शवहरूको पहिचान तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
हालसम्म शवको पहिचान हुन नसकेको हुँदा यदि कोही कसैको परिवारको सदस्य हराएको भए जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।








प्रतिकृया दिनुहोस्