पाल्पामा जिप दुर्घटना हुँदा दशजना घाइते, यस्तो छ घाइतको विवरण


पाल्पा– पाल्पामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका–४, चिउरीडाँडास्थित झुम्सा–सत्यवती धसमिघा भित्री कच्ची सडक खण्डमा पिकअप जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरीका अनुसार घाइते हुनेमा तिनाउ गाउँपालिका–३, सत्यवतीका ३६ वर्षीय खामबहादुर डिसुवा मगर, स्याङ्जा कालीगण्डकी गाउँपालिका–१ का १० वर्षीय सन्तोष रेश्मी, पाल्पा तिनाउ गाउँपालिका–३ सत्यवतीका ५१ वर्षीय नरसिंह डिसुवा मगर र ३६ वर्षीया शर्मिला डिसुवा मगर छन् ।
यस्तै, रुपन्देही बुटवल उपमहानगरपालिका–१८, पोखराबारीकी ३६ वर्षीया दुर्गा थापा पनि घाइते भएका छन्। उनीसँगै रहेका ४ वर्षीया छोरा डेसिन थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै पाल्पा माथागढी गाउँपालिका–५ का ४१ वर्षीय मनबहादुर गाहा, रुपन्देही बुटवल उपमहानगरपालिका–१८ मोतीपुरकी ३६ वर्षीया सपना राना, जिपका चालक पाल्पा माथागढी गाउँपालिका–५ का ३८ वर्षीय देवकुमार घर्ती र स्याङ्जा कालीगण्डकी गाउँपालिका–८ का ३५ वर्षीय भुवनसिंह रेश्मी घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। माथागढी गाउँपालिका–५ बमसिङडाँडाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सोमबार बिहान दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले बताएको छ ।








प्रतिकृया दिनुहोस्