May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

माघी एकता र सद्भावको पर्व होः मुख्यमन्त्री चौधरी

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माघी एकता र सद्भाव पर्व भएको बताएका छन् । माघी पर्व तथ माघे संक्रान्तीको शुभकामना सन्देश दिँदै मुख्यमन्त्री चौधरीले माघी एकता र सद्भावको पर्व भएको उल्लेख गरेका छन् ।

Advertisement

‘माघीलाई उल्लासपूर्ण रूपमा मनाउनु पर्ने र चाडपर्व तथ संस्कृतिहरुको संरक्षण तथा सम्बद्र्धन गर्दै पर्वलाई हर्ष, खुशी र मनोरञ्जनपूर्ण बनाउँदै बन्धुत्व, एकता र सद्भाव कायम गरेर लैजानु पर्ने हुन्छ’, उनले शुभकामना सन्देशमा भनेका छन्, ‘यस महान् पर्वले सबैमा उत्साह एवम् उमंग थपोस् र सबै बीच शान्ति, एकता, सद्भाव, सहिष्णुता कायमको लागि शुभकामना व्यक्त गर्दछु ।’

Advertisement

उनले नेपाल बहुजातीय, वहुभाषिक, बहुसास्कृतिक देश भएको र यहाँ विभिन्न जातजाती, भाषाभाषी, धर्म संस्कृति, रीतिरिवाज, रहनसहन आ–आफ्नै भएको हुँदा माघी पर्व तथा मकर (माघे) संक्रान्तिलाई हिमाल, पहाड र तराईमा बसोवास गर्ने नागरिकले आआफ्ना परम्परागत विशेषता र प्रकृति अनुसार मनाउनु सुखद् रहेको जनाएका छन् ।

शुभकामनामा भनिएको छ, ‘सांस्कृतिक विविधतायुक्त समाजमा यो पर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ ।’ माघी थारु जातिको नयाँ बर्ष समेत भएकाले संस्कृतिहरुको संरक्षण तथा सम्बद्र्धन गर्दै हर्ष, खुशीका साथ मनाउँदै बन्धुत्व, एकता र सद्भाव कायम गर्न आग्रह गरेक छन् । पर्वले शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।