May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

मायादेवी मन्दिरमा प्रतिस्थापन पूजा

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको त्रियोदशीभुवनसहितको गजुर मर्मतसम्भार गरी प्रतिस्थापन पूजा गरिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजिर प्रेमले परित्राण पाठ गरेर पूजा गराएका हुन् । मर्मतसम्भार गरिएको गजुरमा धागो बाँधेर पूजास्थलमा ल्याइएको र सोही धागो समातेर पूजाआजा गरिएको हो ।

Advertisement

थाई उपासिका रतना मालिनोङ र उपासक लर्टट्रुथ आक्रापास पोंगको ६० लाख बढी सहयोगमा गजुर मर्मत गरिएको हो । मालिनोङ थाइल्याण्डकी पूर्वसांसद हुन् भने आक्रापास पोंग व्यवसायी हुन् । उपासक पोंग यही पूजाका लागि भनेर नेपाल आएका थिए ।

Advertisement

झन्डै तीन महिना लगाएर गजुर मर्मत गरिएको हो । गजुरमाथि सुनको जलप लगाइएको छ । काठमाडौंका मूर्तिकार साजन शाक्यको नेतृत्वमा ६ जनाको टोलीले गुजुर मर्मत गरेको हो । गजुरमा ५० तोला सुनको जलप लगाइएको छ । झन्डै १२ लाख रुपैयाँ ज्यालामा मात्रै खर्च भएको छ ।

‘गजुर मर्मतमा दान गर्न पाउँदा निकै खुसी थिएँ,’ पोंगले भने, ‘यहीं आएर बुद्धको पाउ पर्न पाएकामा गतिलै धार्मिक पुण्य सञ्चय गरेको अनुभूति भयो ।’ लुम्बिनी विकास कोषले पुरातत्व विभागसँग अनुमति लिएर मर्मतसम्भार गरेको कोषका सदस्य सचिव सानुराजा शाकयले बताए ।